5 years ago
July 7, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति एट्लेटिको म्याड्रिडले सेल्टा भिगोको सामना गर्दैछ । खेल सेल्टाको मैदान नेपाली समयअनुसार राति १ः४५ बजेपछि सुरु हुनेछ ।

घरेलु टोली सेल्टालाई पराजित गर्दै एट्लेटिको शीर्ष चारभित्र रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई स्थान पक्का गर्ने दाँउमा हुनेछ । ३४ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थान रहेको एट्लेटिकोले जित हात पारे एक खेल कम खेलेको भिल्लारियललाई ११ अंकले पछि पार्नेछ ।
फरवार्ड डिएगो कोस्टा प्रतिबन्धमा रहँदा अल्भेरो मोराटाले एट्लेटिकोको अग्रपङ्ति सम्हाल्नेछन् । मार्काेस लोरेन्टे, कप्तान कोकी, सउल निग्वेज, एन्जल कोरेरा र गोलरक्षक जान ओब्लाकको पनि एट्लेटिकोलाई साथ रहेको छ ।
यता, सेल्टा डि भिगो पनि घरेलु मैदानमा एट्लेटिकोलाई पराजित गर्दै रेलिगेसनबाट बच्दै ला लिगामै रहने दाँउमा हुनेछ । ३५ अंक रहेको सेल्टाको १६औं स्थानमा रहेको छ । अर्काे खेलमा भ्यालेन्सिया र रियल भालाडोलिडबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]