default_image

5 years ago

July 7, 2020

आर्सनल र लेस्टर भिड्दै, चेल्सीलाई प्यालेसको चुनौती

124 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेको चेल्सीले क्रिस्टल प्यालेसको तथा वाट्फोर्ड र नर्विच सिटीबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल नेपाली समयअनुसार १०ः४५ बजे शुरु हुनेछ । क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लेस्टरको खेलअघि सम्म शीर्ष तीनमा उक्लने दाँउमा हुनेछ । क्रिस्टल प्यालेस पनि चेल्सीलाई पराजित गर्दै ११औं स्थानमा उक्लने दाँउमा हुनेछ । प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा आर्सनलले लेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल राति १ बजे हुनेछ । सातौं स्थानमा रहेको आर्सनल लेस्टरलाई पराजित गर्दै अंक तालिका सुधार गर्दै छैटौ स्थानमा उक्लने दाँउमा रहँदा लेस्टर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याउने अभियानमा हुनेछ । लेस्टरको ५८ तथा आर्सनलको ४९ अंक रहेको छ ।

यस्तै अर्काे वाट्फोर्डले रेलिगेसनको संघारमा रहेको नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दैछ । खेल वाट्फोर्डको मैदानमा राति  १०ः४५ बजेपछि हुनेछ । वाट्फोर्ड नर्विचलाई हराउदै रेलिगेसन बच्ने दाउँमा रहँदा नर्विच पनि वाट्फोर्डलाई हराएर रेलिगसेसनको दवाव कम गर्ने लक्ष्यमा हुनेछ ।

वाट्फोर्ड २८ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा रहँदा नर्विच सिटी २१ अंक जोडेर पुछारमा छ । नर्विचले यो खेल गुमाए रेलिगेसनमा पर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.