5 years ago
July 8, 2020
एजेन्सी – ब्राजिलियन विंगर विलियनले लगातार उच्च प्रदर्शन गरेपछि लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।

चेल्सीले घरेलु टोलीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको हो । अर्काे खेलमा तेस्रो स्थानमा रहेको लेस्टर र आर्सनलले १–१ गोलको बराबरी खेलेपछि चेल्सी तेस्रो स्थानमा उक्लन सफल भएको हो ।
चेल्सीको जितमा ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र टम्मी अब्राहमले गोल गरे । विलियनले गोल नगरेपनि शुरुवाती दुई गोलको लागि असिस्ट दिएका थिए । क्रिस्टल प्यालेसका वेलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले गोल गरे ।

सेलह्रस्टपार्क लन्डनमा मंगलबार राति भएको खेलको छैटौ मिनेटमा नै विलियनको पासमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा क्रिस्टियन पुलिसिसले विलियनकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
३४औं मिनेटमा वेलफ्रेड जाहाले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अवस्थामा ल्याए । ७१औं मिनेटमा टम्मी अब्राहमले रुवेन लफटस चिकको पासमा गोल गर्दै चेल्सीलाई खेलमा ३–१ को अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै क्रिस्टियन बेन्टेकेले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–२ ले विजयी हुन सफल भयो । जितसँगै चेल्सीको ३४ खेलबाट ६० अंक पुगेको छ । चौथो स्थानमा झरेको लेस्टरको ५९ अंक छ । समान खेलबाटै क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा यथावत छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]