default_image

5 years ago

July 8, 2020

भार्डीको गोलमा लेस्टर हारबाट जोगियो

159 views

0 Bookmark

एजेन्सी – जेमी भार्डीले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि लेस्टर सिटी आर्सनलसँगको हारबाट जोगिएको छ । लेस्टरले १० खेलाडीमा समेटिएको आर्सनलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा आर्सनलका कप्तान पिएरे इमरि औवामियाङले गोल गर्दा लेस्टरका जेमी भार्डीले बराबरी गोल फर्काएका थिए ।  यो बराबरीले लेस्टर सिटीले तेस्रो स्थान गुमाउदा आर्सनलले छैटौ स्थानको वल्भ्ससँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । खेलको २१औं मिनेटमा बुकायो साकाको पासमा औवामियाङरले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । २६औं मिनेटमा आर्सनलले अग्रता दोब्बर पार्ने अवसरलाई लेस्टरका काग्लर सोयोन्कुले क्लियर गरिदिए ।

३२औं मिनेटमा लेस्टर गोलरक्षक कस्परले एलेक्सान्द्र लाकाजेट्टीको प्रहारलाई विफल पारे । ३५औं मिनेटमा लेस्टरका केलिचीले गोल गरेपनि मान्यता नपाउदा लेस्टर बराबरीबाट चुक्यो । दोस्रो हाफमा भने लेस्टरले खेलमा पकड बनायो । ५५औं मिनेटमा जेमी भार्डीको पासमा केलिचीले अर्काे अवसर खेर फाल्यो । ६८औं मिनेटमा लाकाजेट्टीले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

७५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि आर्सनल समस्यामा परेको थियो । जेम्स जस्टिनलाई फउल गरेपछि रेफ्री क्रिस काभानागले इडवार्ड एनकेटियलाई सोझै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । आर्सनल १० खेलाडीमा समेटिएको ९ मिनेटपछि लेस्टरले बराबरी गोल फर्कायो । देमाराईको पासमा भार्डीले बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै लेस्टरको ३४ खेलबाट ५९ अंक जोडेर चौथो स्थानमा झर्दा आर्सनल ५० अंक जोडेर सातौ स्थानमा यथावत छ ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ । जितसँगै वाट्फोर्ड ३१ अंक जोडेर रेलिगेसन जोन छाड्दा नर्विचलाई रेलिगेसन दवाव बढेको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । अब प्रिमियर लिगमा ४ खेल बाँकी रहँदा सबै खेलमा जित हात पारेपनि नर्विचले रेलिगेसनबाट बच्नको लागि अन्य खेलको नतिजा कुर्नुपर्नेहुन्छ ।

खेलमा शुरुवाती अग्रता नर्विचले लिएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । चौथो मिनेटमा इमिलियानोको गोलबाट नर्विच अघि बढेको थियो । १०औं मिनेटमा क्रेइग डासनले बराबरी गोल फर्काए । ५५औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै वाट्फोर्डको जित पक्का गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.