5 years ago
July 8, 2020
एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा एट्लेटिको सेल्टासँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

सेल्टाको मैदानमा मंगलबार राति भएको खेलको पहिलो मिनेटमा नै अल्भेरो मोराटाको गोलमा एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । सेल्टाका इगो आसपासको मिस पासमा एन्जल कोरेराले क्रसमा दिएको पासलाई मोराटाले ५ यार्डबाट सहजै गोल गरेका थिए ।
शुरुमै पछि परेपछि घरेलु टोली सेल्टाले केही अवसर सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४९औं मिनेटमा ब्रेइस मेन्डिजको पासमा फ्रान बेल्ट्रानले बराबरी गोल फर्काए । ५८औं मिनेटमा मेन्डिजको पावरफुल सट एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले मुस्किलले नियन्त्रणमा लिए । ६६औं मिनेटमा ओब्लाकले अर्काे उत्कृष्ट बचाउ गरे ।

८७औं मिनेटमा एट्लेटिकोका थोमस लेमारले प्रयास गरेपनि सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले नियन्त्रणमा लिए । ८८औं मिनेटमा एट्लेटिकोले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । लगत्तै सान्टियागो एरिएसको क्रसलाई लुकास ओलाजाले ब्लक गर्दै खेललाई बराबरीमा राख्न सफल भए । बराबरीसँगै एट्लेटिको ३५ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा सेल्टा ३६ अंक जोडेर १५औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडमाथि २–१ को जित निकाल्दै आठौं स्थानमा उक्लन सफल भएको छ । पराजित भालाडोलिड ३९ अंक जोडेर १३औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]