default_image

5 years ago

July 8, 2020

‘नेयमारको बार्सिलोना ट्रान्सफर सम्भव छैन’

140 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेयमारको स्थानान्तरण यो सिजन सम्भव नभएको बताएका छन् ।

स्पेनिस रेडियो आरएसीसँगको अन्तर्वार्तामा अध्यक्ष जोसेपले अहिलेको यो विषम अवस्थामा नेयमार बार्सिलोना फर्कने सम्भावना नभएको बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण क्लबहरुको आर्थिक अवस्था नाजुक भएको कारण ठुला खेलाडीको सरुवा सम्भव नभएको उनले थपेका छन् ।

‘केही यस्ता अवस्थाहरु असम्भव छ । किनभने युरोपमा सबै क्लबहरूको अवस्था धेरै गाह्रो छ । बार्सिलोनाले मात्रै होइन अन्य क्लबले पनि ठुला स्टारलाई यो सिजन अनुबन्ध गर्न कठिन हुनेछ ।’ अध्यक्ष जोसेपले भने, ‘हामीलाई यो सिजन नेयमार र लोउटारो मार्टनेज अनुबन्ध गर्न गाह्रो छ । यि दुई मध्ये एक खेलाडी मात्रै अनुबन्ध गर्न सक्नेछ ।’

ब्राजिली नेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड तथा अर्जेन्टिनी मार्टिनेजको रिलिज क्लब १०० मिलियन रहेको छ । बार्सिलोनाले नेयमारको सट्टा कम मुल्यको मार्टिनेजलाई अनुबन्ध गर्न सक्नेछ । ‘मैले यहाँ स्थानान्तरणको कुरा गरिरहेको छैन । यो समय आएपछि नै हुनेछ,’ बार्टाेमेउले थपे ।

२८ वर्षीय नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य १९८ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । चार वर्ष बार्सिलोनामा रहँदा नेयमारले बार्सिलोनामा आठ उपाधि जितेका छन् । जसमा २ ला लिगा र एक च्याम्पियन्स लिग समावेश छन् ।

पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । तर, अध्यक्ष जोसेपले भने नेयमार फर्कने कुरालाई नकारेका छन् । मार्टिनेजले यो सिजन ३७ खेलमा १७ गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.