5 years ago
July 8, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३५औं चरणको खेलमा विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोनाले शहरी प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दा गेटाफे र भिल्लारियल तथा रियल बेटिस र ओसासुनाबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । क्याटलान डर्वीको खेल क्याम्प नोउमा नेपाल समयअनुसार बिहीबार बिहान १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।
दुवै टोलीलाई यो खेलमा ३ अंक निकै महत्त्वपुर्ण छ । बार्सिलोनाको जितले उपाधि यात्रा जीवितै रहँदा बराबरी या हारले उपाधिको झिनो आशा रहनेछ । एस्पान्योलविरुद्ध जित हात पारे बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ मा छोट्याउनेछ । यता, एस्पान्योलले जित हात पार्न सके पुछारमै रहेपनि रेलिगेसनबाट बच्ने झिनो आशा हुनेछ । बराबरी या हारले एस्पान्योल रेलिगेसनमा पर्नेछ ।
कोरोनापछिको सात खेलमा अपराजित रहेपनि बार्सिलोनाले ६ अंक गुमाइसकेपछि उपाधि होड कमजोर बनेको थियो । पछिल्लो खेलमा भिल्लारियलमाथि पाएको ४–१ को जितले बार्सिलोनाले जितको लयमा फर्किएको संकेत दिएको छ ।

बार्सिलोना सोही प्रदर्शनलाई निरन्तरता दिदै उपाधि होडलाई कायमै राख्न चहान्छ । पछिल्लो खेलमा कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनको राम्रो समन्वय भएको थियो ।
यता, एस्पान्योल पनि बार्सिलोनालाई स्तब्ध पार्दै महत्वपुर्ण ३ अंक जोड्ने दाँउमा हुनेछ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलबाट ७३ अंक छ । २४ अंक जोडेर एस्पान्योल पुछारमा छ । शीर्षस्थानको रियल म्याड्रिडको ७७ अंक छ ।
यस्तै अर्काे खेलमा गेटाफे र भिल्लारियलबीच राति १२ः१५ बजे तथा रियल बेटिस र ओसासुनाबीच पनि राति १२ः१५ बजे नै खेल हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]