5 years ago
July 8, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले पछिल्लो समय आफ्नो एकेडेमीबाट हुर्केका खेलाडीलाई अन्य क्लब बेचेर ठूलो धनराशी आर्जन गर्दै आएको छ ।

क्लबको इतिहासमा एकेडेमीका खेलाडीले प्राप्त गरेको शीर्ष ५ ट्रान्सफर सबै पछिल्लो ४ वर्षमा सम्भव भएको थियो । अघिल्लो सातामात्र अक्रफ हाकिमी इन्टर मिलानमा अनुबन्ध भएपछि रियलले मोटो रकम हात पारेको थियो । त्यसअघि अल्भारो मोराटा, मार्कोस लोरेन्टे, जेसे रोड्रीग्वेज र राउल डे टोमस पनि रियल छाडेर अन्यत्र लागेका थिए ।
सन् २०१७ मा चेल्सीले रियलको एकेडेमीबाट माथि आएका फरवार्ड अल्भारो मोराटालाई ६६ मिलियन युरो खर्चेर खरिद गरेको थियो । उनी रियलको इतिहासमा एकेडेमीबाट विक्री हुने सबैभन्दा महँगा खेलाडी हुन् । मोराटाले चेल्सीमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि हाल एटलेटिको म्याड्रिडबाट खेल्दै आएका छन् । उनले त्यसअघि युभेन्टसबाट पनि खेलेका थिए ।

इन्टरले हाकिमीलाई अनुबन्ध गर्दै ४० मिलियन युरो खर्च गरेको हो । पछिल्ला दुई सिजन जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट लोनमा खेलेका उनले रियलको पहिलो टोलीमा लगातार मौका पाउने सम्भावना थिएन । त्यसैले प्रशिक्षक जिदानकै सल्लाहअनुसार उनले इन्टर जाने निर्णय गरेका हुन् ।
सन् २०१९ मा रियलले युवा मिडफिल्डर मार्कोस लोरेन्टेलाई ३० मिलियन युरोमा बेच्यो । छिमेकि क्लब एटलेटिको म्याड्रिड पुगेका लोरेन्टेले सान्टियागो सोलारी प्रशिक्षक रहँदा प्रभाव जमाएपनि जिदानको नेतृत्वमा भने खेल्न सकेका थिएनन् ।
त्यसअघि सन् २०१६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जेसे रोड्रीग्वेजका लागि २५ मिलियन युरो खर्चेको थियो । जेसेले त्यहाँ प्रभाव जमाउन नसकेपछि पछिल्लो समय पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट खेल्दै आएका छन् । उनले लोनमा लास पाल्मास, स्टोक सिटी र रियल बेटिसबाट पनि खेले ।

सन् २०१९ मा नै रियलले पोर्चुगलको बेन्फिकामा राउल डे टोमासलाई बेच्यो । बेन्फिकाले २० मिलियन युरो खर्चेपनि ६ महिनामात्र क्लबका टिकेका उनी हाल एस्पान्योलबाट खेलिरहेका छन् । त्यसअघि सन् २००९ मा अल्भारो नेग्रेडो १९ मिलियन युरोमा सेभिल्ला पुगेका थिए ।
रियलले सन् २०१६ यता एकेडेमीका खेलाडी बेचेर मात्र २ सय ४६ मिलियन युरो कमाएको छ । त्यसैले पनि रियलले ठूला खेलाडी अनुबन्ध गर्दा यूईएफएको आर्थिक नियमावलीको नियमलाई लिएर कुनै समस्या आउने गरेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]