5 years ago
July 9, 2020
एजेन्सी – क्याटलान शहरी प्रतिद्धन्द्धीलाई पराजित गर्दै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राख्दा एस्पान्योल रेलिगेसनमा परेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राखेको हो । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनासँगको हारसँगै एस्पान्योल २६ वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको छ ।
बार्सिलोनाको जितमा उरुग्लेली फरवार्ड लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । खेलमा दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । नोउ क्याम्पमा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । खेलको ११औं मिनेटमा एस्पान्योलले अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो । एड्रियन इमबार्बाको प्रयासलाई गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले बचाए ।

२७औं मिनेटमा एन्टोइन ग्रिजमनले ढिला गरी दिएको पासमा लुइस सुआरेजले गरेको प्रहार कालेरोलाई डिफ्लेक्ट हुदै बाहिरिएको थियो । ४४औं मिनेटमा डिडाक भिल्लाको क्रसमा क्लेमेन्ट लेङ्लेटले क्लियर गर्ने प्रयास गरेपनि आफ्नै पोस्टतर्फ पुग्दा स्टेगनले मुस्किलले बचाएका थिए । त्यसैमा पाएको अवसरमा भिलाको प्रहार पोस्टमा लाग्दै बाहिरिदा एस्पान्योल अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफको शुरुमै दुवै टोली १० खेलाडीमा समेटिएको थियो । अन्सु फाती मैदान छिरेको चौथो मिनेटमा नै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । फर्नान्डो क्यालेरोलाई फउल गरेपछि शुरुवातमा पँहेलो कार्ड दिएपनि भिएआरको सहायतामा रेफ्रीले कार्ड परिवर्तन गर्दै रातो कार्ड देखाएको थिए ।

त्यसको तीन मिनेट पछि नै एस्पान्योल पनि १० खेलाडीमा समेटियो । पानेल लोजानोले जेरार्ड पिकेलाई फउल गरेपछि रेफ्रीले पहँलो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । ५६औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एन्टोइन ग्रिजमनको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले बचाएपनि राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई सुआरेजले जाली चुमाएका थिए ।
६९औं मिनेटमा सर्जी रोवर्टाेको क्रसमा कप्तान मेस्सीको प्रहारलाई डिएगो लोपेजले उत्कृष्ट बचाउ गर्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । ९०औं मिनेटमा डि तोमसले बराबरी गर्ने अवसर खेर फाल्यो । उनले झन्डै ३० यार्डबाट गरेको प्रहारलाई बार्सिलोनाको गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले सहजै बचाए । इन्ज्युरी समयमा एस्पान्योलले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।
जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिको ७७ अंक छ । रेलिगेसनमा परेको एस्पान्योलको २४ अंक छ । ला लिगामा ३ खेल बाँकी रहँदा तीनै खेलमा जित हात पारेपनि एस्पान्योलले रेलिगेसनबाट बच्ने छैन ।
अन्य नतिजा
गेटाफेविरुद्ध भिल्लारियल (१–३)
रियल बेटिसविरुद्ध ओसासुना (३–०)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]