default_image

10 years ago

September 4, 2015

साफ यु-१९ विजयी टोलीका सदस्यहरुलाई गृहनगरमा भव्य स्वागत [फोटोसहित]

283 views

0 Bookmark

२२ वर्षपछि नेपालको उपाधिको खडेरी तोडेको युवा टोलीलाई गृहजिल्लमा भव्य स्वागत गरिएको छ|

सुनिल बल, अन्जन बिस्ट र सुसन लामा

सुनिल बल, अन्जन बिस्ट र सुसन लामा

 

प्राप्त जानकारी अनुसार, साफ विजेता टोलीलाई आइतबार समम्को बिदा दिइएको छ| बिदा मनाउन र जितको खुशी साट्न घर पुगेका खेलाडीलाई परिवार, आफन्तजन लगाएत फ्यानहरुले अबिर लगाएर नगर परिक्रमा समेत गराए| हेटौंडामा अन्जन विष्ट, सुनिल बल र सुसन लामाको भव्य स्वागत भयो भने विश्वास श्रेष्ठको गृहनगर पनि उल्लासमय देखिएको थियो| डोना थापाको सम्मानार्थ मोटरसाइकल र्यालीनै आयोजना गरियो| फाइनलका हिरो सोजीत गुरुङ्ग उविर र खादाले भरिभराउ हुँदा त्यहाँको पनि रौनक बेग्लै थियो|

डोना थापा

डोना थापा

 

यसै टोलीले आउँदो असोज १५-१९ सम्म ए.एफ्.सीको यु१९ च्याम्पिएनसिपको छनोट चरणमा भाग लिनेछ| इरानमा हुने छनोटका लागि अहिलेको विजयी टोलीको २३ खेलाडी र साफको टोलीमी पर्न असफल पाँच खेलाडी प्रशिक्षण गर्नेछन्|

बिश्वास श्रेष्ठ

बिश्वास श्रेष्ठ

 

बालगोपाल मह्रजन प्रमुख प्रशिक्षक रहेको टोलीमा सुनिल श्रेष्ठ पनि प्रशिक्षक छन् भने मृगेन्द्र मिश्रले गोलरक्षक प्रशिक्षकको कार्यभार सम्हालेका छन्| दिवाकर घले व्यवस्थापक रहेको टोलीमा राजु दाहाल टिम डक्टर हुन्|

तस्बिर साभार: खेलाडीहरुको फेसबुक

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.