9 years ago
August 20, 2016
बार्सिलोनाले स्पेनिश ला लिगा २०१६/१७ सिजनको पहिलो खेलमा रियल बेटिसविरुद्ध ६-२को सहज जित दर्ता गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ।

खेलको छैंठौ मिनेटनै आर्डा टुरानले गोलगर्दै बार्सिलोनालाइ अघि बढाएका थिए। तर, बेटिसले २१औं मिनेटमा रुबेन क्यास्ट्रोको गोलको मद्दतले खेललाई बराबरीमा ल्यायो। त्यसपछि लियोनेल मेस्सीले ३७औं मिनेटमा र लुइस सुआरेजले ४२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाइ मध्यान्तरमा ३-१को अग्रता दिलाए।
दोश्रो हाफमा झनै आक्रामक देखिएको बार्सिलोनाका लागि लुइस सुआरेजले ५६औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने मेस्सिले ५८औं मिनेटमा आफ्नो दोश्रो गोल गरे। खेलको ८४औं मिनेटमा रुबेन क्यास्ट्रोले बेटिसका लागि सान्तवना गोल थपे।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]