default_image

4 years ago

July 24, 2020

जिदान अर्को सिजन पनि रियलमै रहने

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले अर्को सिजनमा पनि रियल म्याड्रिडलाई प्रशिक्षण दिने सम्भावना छ । यो सिजन ला लिगाको अन्त्यसँगै फ्रान्सेली जिदान र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको छलफलपछि उनले अर्को सिजन पनि रियललाई प्रशिक्षण दिने सहमति भएको बुझिएको छ । जिदानको भविष्यलाई लिएर उत्पन्न शंका टोलीले ३४ औं लिग उपाधि जितेसँगै टुंगिएको यिथो । […]

61 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले अर्को सिजनमा पनि रियल म्याड्रिडलाई प्रशिक्षण दिने सम्भावना छ । यो सिजन ला लिगाको अन्त्यसँगै फ्रान्सेली जिदान र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको छलफलपछि उनले अर्को सिजन पनि रियललाई प्रशिक्षण दिने सहमति भएको बुझिएको छ ।

जिदानको भविष्यलाई लिएर उत्पन्न शंका टोलीले ३४ औं लिग उपाधि जितेसँगै टुंगिएको यिथो । जिदानको दोस्रो कार्यकाल पहिलो जस्तो नरहने अनुमान गरिको थियो । त्यहि शंकाका बीचमा जिदानले रियललाई लिग उपाधि जिताए । जसले गदौ उनी आउने सिजन २०२०-२१ मा पनि टोलीमा रहने विश्वास गरिएको छ ।

‘रियलका लागि जिदान भाग्यशाली छन्’, टोलीका कप्तान सर्जियो रामोसले बिहीबार राती उपाधि उचालेपछि भने ।

त्यसो त क्लब र जिदानबीच अझै दुई वर्ष सम्झौता बाँकी छ । तर सम्झौता उनका लागि कहिल्यै बाधक रहेन । खेलाडीका रुपमा रियलमा रहँदा पनि एक वर्षको सम्झौता बाँकी रहँदै उनले फुटबलबाट सन्यास लिएका थिए । रियलको आफ्नो पहिलो कार्यकालमा पनि उनले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेपछि क्लब छाडेका थिए ।

जिदानले गत वर्षमै ला लिगा जित्ने संकेत गरेका थिए । तर, गालातासारेसँग खेल्न इस्तानबुल जानुअघि रियल मार्लोकासँग पराजित भएको थियो । त्यो उनका लागि कठीन क्षण थियो । २०२० को सुरुवातमा रियल म्यानचेस्टर सिटीसँग र ला लिगामा रियल बेटिससँग पराजित भएको थियो ।

कोरोना भाइरसका कारण स्थगित लिग सुरु भएपछि भने रियले स्तरिय प्रदर्शन गर्यो । जसले गर्दा जिदनको भविष्यमा अर्को सिजनका लागि क्बलमा सुरक्षित भएको छ । उनलाई थाहा छ अर्को सिजनका लागि टोलीका खेलाडीका बारेमा निर्णय लिनुछ । ग्यारेथ बेल, हामेस रोड्रिग्वोज र अन्य खेलाडीको समस्यालाई पनि उनले समाधान गर्नुपर्ने अवस्था छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.