default_image

9 years ago

August 21, 2016

बि डिभिजनमा एन.आर.टि र मध्यपुरको विजयी सुरुवात

109 views

0 Bookmark

‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर  युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्।

MYA Celebrating Winning goal

सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि पर्न थालेपछि लय गुमाउनाले मध्यपुर जित हासिल गर्न सफल रह्यो। मध्यपुरले दोश्रो हाफको अतिरिक्त समयको पहिलो र तेश्रो मिनेटमा गोल गर्दै विजय हासिल गरेको हो।

अर्को खेलमा भने एन.आर.टिले सामाजिक युवा क्लबलाई ६-१को भारी अन्तरले हरायो। ‘ए’ डिभिजन खेलेका खेलाडीको बाहुल्यता रहेको एन.आर.टिले खेलभर सामाजिकमाथि दवाब कायम राख्यो। उसका लागि बिश्वजित गुरुङ र रितेश मल्लले २-२ गोल गरे।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.