9 years ago
August 22, 2016
ला लिगामा रियाल सोसिडाड सङ आफ्नो पहिलो खेल खेलेको रियाल म्याड्रीडले विजयी सुरुवात गरेको छ । क्रीस्टिएनो रोनाल्डोको अभावको अनुभुती हुन नदिदै ज्ञारेथ बेल ले २ गोल गर्दै म्याड्रीडलाई ला लिगा मा सहज जित दिलाए ।

बेललाई आफ्नो पहिलो गोल गर्न ७२ सेकेन्ड मात्र लाग्यो भने म्याड्रीडलाई दोस्रो अग्रता ४० मिनेटमा युवा खेलाडी एसेन्सियोले ४० औ मिनेटमा गरे । बेलले अतिरिक्त समयमा आफ्नो दोस्रो गोल गर्दै म्याड्रीडलाई सहज जित दिलाए ।
उता एथ्लेटिको म्याड्रीडले भने सिजनको सुरुवात ड्र बाट गरेको छ । एथ्लेटिको म्याड्रीडले भर्खरै ला लिगा मा उक्लिएको डिपोर्टटिभो अलभेस सँग १-१ को बराबरी खेल्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]