default_image

4 years ago

August 2, 2020

लाजियोमाथि नेपोलीको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा नेपोलीले लाजियोमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो । नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका चिरो इम्मोबिलेले एक गोल फर्काए । सान पाओलो नेपोलीमा शनिबार राति भएको खेलको नवौं मिनेटमा फावियनको […]

26 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को अन्तिम खेलमा नेपोलीले लाजियोमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो ।

नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका चिरो इम्मोबिलेले एक गोल फर्काए । सान पाओलो नेपोलीमा शनिबार राति भएको खेलको नवौं मिनेटमा फावियनको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । उनले ड्रिएस मेर्टिन्सको पासमा गोल गरेका थिए ।

२२औं मिनेटमा सिरो इम्मोवाइलले सिरी ‘ए’ मा सिजनको ३६औं गोल गरेपछि खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।

विपक्षी खेलाडीले मेर्टिन्सलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा लोरेन्जोले गोल गर्न सफल भएका थिए ।  इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई ३–१ को सहज जित दिलाए ।

जितका बावजुत पनि नेपोली अर्काे सिजनको युरोपियन लिगमा छनोट हुन असमर्थ बन्यो । नेपोली अब अर्काे सिजन इटलीको घरेलु फुटबलमा सीमित बनेको छ । नेपोलीले ३८ खेलबाट ६२ अंक जोड्दै सातौ स्थानमा लिग अन्त्य गर्‍यो । लाजियो ७८ अंक जोडेर चौथो स्थानमा सीमित बन्यो । इम्मोबिले भने लिगमा ३६ औं गोलसँगै लिगको सर्वाधिक गोलकर्ता बन्नुका साथै युरोपेली गोल्डेन बुट समेत जित्न सफल रहे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.