default_image

4 years ago

August 2, 2020

लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इम्मोबिलेले जिते गोल्डेन बुट

एजेन्सी – सिरी ‘ए’ टोली लाजियाका इटालियन फरवार्ड चिरो इम्मोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । इम्मोबिलेले युरोप र सिरी ‘ए’ दुवैमा गोल्डेनबुट जित्न सफल भएका हुन् । इम्मोबिलेले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’ मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र […]

50 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ टोली लाजियाका इटालियन फरवार्ड चिरो इम्मोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । इम्मोबिलेले युरोप र सिरी ‘ए’ दुवैमा गोल्डेनबुट जित्न सफल भएका हुन् ।

इम्मोबिलेले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’ मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् ।

लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा ३५ गोल गरेका थिए । रोनाल्डोले ३१ गोल गरेका थिए । ३० वर्षीय चिरोले आफ्नो खेल करियरमा पहिलोपटक गोल्डेबुट जितेका हुन् । चिरोले यो सिजन सिरी ‘ए’ को ३७ खेलमा ३६ गोल गरे । गतवर्ष लियोनेल मेस्सीले पनि ३६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

यस्तै चिरोले सिरी ‘ए’ बाट ३६ गोल गर्ने गोन्जलो हिगुआइनसँगको कीर्तिमानलाई बराबरी गरे । हिगुआइनले २०१५–१६ को सिजनमा ३६ गोल गरेका थिए । यस्तै सिरो २००७ पछि इटलीबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २००७ को सिजनमा रोमा फ्रान्सिस्को टोट्टीले गोल्डेन बुट जितेका थिए । उनले २६ गोल गरेका थिए । युरोपियन गोल्डेन बुट युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) ले घरेलु लिगमा गरेको गोलको आधारमा प्रदान गर्दै आएको छ ।

युरोपको शीर्ष पाँच लिग (प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, लिग वान र सिरी ‘ए’) प्रत्येक गोलको दुई अंक गणना गरिन्छ । अन्य लिगमा स्तर अनुसार १.५ र १ अंक गणना गरिन्छ ।

२००८ देखि हालसम्मका गोल्डेनबुट विजेताहरु

२००७–०८ – क्रिस्टियानो रोनाल्डो (म्यानचेष्टर युनाइटेड) – ३१ गोल ६२ अंक

२००८–०९ – डिएगो फोर्लान (एट्लेटिको मड्रिड) – ३२ गोल ६४ अंक

२००९–१० – लियोनेल मेस्सी (बार्सिलोना) – ३४ गोल ६८ अंक

२०१०–११ – क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड) – ४० गोल ८० अंक

२०११–१२ – लियोनेल मेस्सी (बार्सिलोना) – ५० गोल १०० अंक

२०१२–१३ – लियोनेल मेस्सी (बार्सिलोना) – ४६ गोल ९२ अंक

२०१३–१४ – क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड) र लुइस सुआरेज (बार्सिलोना) – ३१ गोल ६२ अंक

२०१४–१५ – क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड) – ४८ गोल ९६ अंक

२०१५–१६ – लुइस सुआरेज (बार्सिलोना) – ४० गोल ८० अंक

२०१६–१७ – लियोनेल मेस्सी (बार्सिलोना) – ३७ गोल ७४ अंक

२०१७–१८ – लियोनेल मेस्सी (बार्सिलोना) – ३४ गोल ६८ अंक

२०१८–१९ – लियोनेल मेस्सी (बार्सिलोना) – ३६ गोल ७२ अंक

२०१९–२० – चिरो इम्मोबिले (लाजियो) – ३६ गोल ७२ अंक

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.