default_image

9 years ago

August 23, 2016

नवयुगलाई ५० हजारसहित सम्मान

125 views

0 Bookmark

 काठमाडौं – पूर्व उपप्रधानमन्त्री कमल थापाका पिताका नाममा स्थापना भएको छत्रबहादुर थापा स्मृति ट्रष्टले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । मंगलबार राजधानीमा ट्रष्टको उद्घाटनमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नवयुगलाई ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे । नवयुग सेनाका खेलाडी हुन् ।
Nawayug Shrestha
ट्रष्टले नवयुगलाई लोकप्रिय र उदयीमान खेलाडीका रुपमा सम्मान गरेकोब ताएको छ । नेपाली राष्ट्रिय टोलीले माघमा बंगबन्धु गोल्डकप जित्दा र फागुनमा फागुनमा दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ मा स्वर्ण पदक जित्दा नवयुग मुख्य स्ट्राइकर थिए । ट्रष्टले श्रीपाली सुयल थापा प्रतिष्ठान, तनँहुको गाँउ सेवा समाजलाई पनि सम्मान गरिएको थियो । राष्ट्रपतिका सुरक्षा विज्ञ नेत्रबहादुर ट्रष्टका अध्यक्ष हुन् । छत्रबहादुरका तीन छोरा मध्ये नेत्रबहादुर जेठा, कमल माइला र अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष एवंम् सभासद गणेश कान्छा हुन् । ट्रष्टका अध्यक्ष नेत्रबहादुरले ट्रष्टले सामाजिक कामका साथै खेलकुद विकासमा पनि प्रयास गर्ने बताएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.