5 years ago
August 6, 2020
एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनल अन्तर्गत बिहीबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । स्पेनिस क्लब सेभिल्लाले इटालियन क्लब रोमाको सामना गर्दा जर्मन क्लब बायर लिभरकुसन, आइनट्राख्ट फ्रन्कफर्ट र इंग्लिस क्लब वल्भ्सले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ ।

सेभिल्ला र रोमाबीचको खेल जर्मनीमा नेपाली समयअनुसार राति १०ः४० बजे हुनेछ । पाँच पटकको युरोपा लिगको च्याम्पियन सेभिल्ला रोमालाई पराजित गर्दै अन्तिम आठमा पुग्ने दाउमा हुनेछ । यो सिजन स्पेनिस ला लिगामा चौथो स्थानमा रहेर च्याम्पियन्स लिगलाई छनोट भएको सेभिल्लाका लागि रोमाविरुद्ध लुकास ओकम्पास, लुक डि जङ, जेसस नाभास र डिएगो कार्लाेस मुख्य हतियार हुनेछ ।
यता, रोमा पनि सेभिल्लालाई पराजित गर्दै अघिल्लो चरणमा पुगने दाउमा हुनेछ । रोमाले पनि सिरी ‘ए’ मा पाँचौ स्थानमा रहेर अर्काे सिजनको लागि युरोपा लिगमा स्थान बनाएको छ । रोमाका लागि इडेन जेको, हेनरिक मिखिटरयान, एलेक्सन्डर कोलारोभ र ब्रुनो पेरेस हुनेछ ।
यि दुई टोलीले हालसम्म दुईपटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान एक खेल जितेका छन् । त्यसैले यि दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने छ ।
यस्तै अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सको सामना गर्दैछ । खेल लिभरकुसनको घरेलु मैदानमा राति १०ः४० बजे हुनेछ । पहिलो लेगमा ३–१ को जित निकालेको कारण लिभरकुसनलाई यही नतिजा नै क्वाटरफाइनल पुग्न पर्याप्त हुनेछ । रेन्जर्सलाई क्वाटरफाइनल प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।
यस्तै अर्काे खेलमा स्वीस क्लब बसेलले जर्मन क्लब फ्रान्कफर्टको सामना गर्दैछ । पहिलो लेगमा बसेल ३–० ले अघि छ । यस्तै अर्काे खेलमा इंग्लिस क्लब वल्भ्सले ग्रीसको ओलम्पियाकोसको सामना गर्दैछ । यि दुई टोलीले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए ।
खेल गोलरहित बराबरीमा टुंगिए वल्भ्स अवे गोलको आधारमा क्वाटरफाइनल प्रवेश गर्नेछ । आलेम्पियाकोसलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि १–० को जित आवश्यक छ ।
अन्य खेल
बायर लिभरकुसनविरुद्ध रेन्जर्स (राति १०ः४० बजे)
बसेलविरुद्ध फ्रान्कफर्ट (राति १२ः४५ बजे)
वल्भ्सविरुद्ध ओलम्पियाकोस (राति १२ः४५ बजे)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]