default_image

5 years ago

August 7, 2020

क्रुसको आदर्श पहिलो रोजाईमा को को छन् ?

217 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले आफ्नो आदर्श पहिलो रोजाई चुनेका छन् । उनको टोलीमा जर्मन राष्ट्रिय फुटबल टोली र रियलबाट खेलेका खेलाडी मात्र समावेश छन् । जसमा रियलका कप्तान सर्जियो रामोस पनि अटाएका छन् ।

उनी सर्वकालिन उत्कृष्ट सेन्ट्रल डिफेन्डर मध्येका एक हुन्, क्रुसले भनेका छन् । उनले आफ्नो खेल जीवनमा खेलेका मध्ये रियलका पूर्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच र कासिमेरोलाई पनि आफ्नो पहिलो रोजाईमा राखेका छन् ।

बायर्न म्युनिखका गोलकिपर म्यानुलय नुयोर, बायर लेभरकुसनका स्टेफन रेर्नाट्ज, गोन्जालो क्यास्ट्रो पनि उनले आफ्नो आदर्श टोलीमा समेटेका छन् । जर्मनकै जोसु किमिच, थोमस मुलर र अहिले सन्यास लिइसकेको मिरोस्लाभ क्लोजलाई उनले आफ्नो पहिलो रोजाईमा समावेश गरको छन् ।

क्रुस सम्मलित टोलीले शुक्रबार च्याम्पियन्स लिग टोलीको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा प्रिमियर लिग टोली म्यानचेस्टर सिटीको सामना गर्नेछ । रियलले यसपटक ला लिगा उपाधि जितेको थियो ।

कोभिड १९ का कारण ला लिगासहित युरोप र विश्वकै फुटबल गतिविधि ठप्पै थियो । कोभिड १९ को संकक्रमको महामारी अन्त्य नभएपनि युरोपियन फुटबल सुरु हुँदा विना दर्शक खेल भइरहेका छन् । रियलले यसपटकको ला लिगा उपाधि जितेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.