5 years ago
August 7, 2020
एजेन्सी – इटालियन क्लब रोमालाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

सेभिल्लाको जितमा सर्जियो रिगुइलन र युस्सेफ इन न्यास्रीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको शुरुवातदेखि नै सेभिल्लाले रोमालाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो । सातौं मिनेटमा लुकास ओकम्पासको प्रहारलाई रोमाका गोलरक्षक पोउ लोपेजले पञ्च गर्दै बचाए ।
१२औं मिनेटमा इभर बनेगाको कर्नरमा जुलेस कोउन्डेको फ्रि हेडर बारमा लागेर बाहिरिदा सेभिलला अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा सर्जयो रिगुइलनले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । उनले इभर बनेगाको पासलाई सदपयोग गरेका थिए ।
३५औं मिनेटमा रोमाले बराबरीको अवसर खेर फाल्यो । इडेन जेकोको प्रहारलाई डिएगो कार्लाेसले ब्लक गरेपनि निकोलो जानिलोको प्रहार जुलेसलाई रिफ्लेक्ट हुदै बाहिरिएको थियो ।

४४औं मिनेटमा युस्सेफले लुकास ओकम्पासको पासमा गोल गर्दै सेभिल्लालाई पहिलो हाफमा २–० ले अघि बढाए । ५१औं मिनेटमा रोमाले पुनः अर्काे गोलको मौका गुमाउदा गोल अन्तर कम गर्ने अवसर खेर फाल्यो । जेकोको पासमा हेनरिक मिख्टरयानको प्रहार पोस्टबाट थोरै बाहिरियो ।
इन्ज्युरी समयमा इभर बनेगाको प्रहार बारमा लागेर फर्कदा सेभिल्ला अर्काे गोलबाट चुक्यो । अन्तिम समयमा रोमा १० खेलाडीमा समेटियो । लुक डि जङलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जियानलुका मान्सिनीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

अब सेभिल्लाले क्वाटरफाइनलमा इंग्लिस क्लब वल्भ्सको सामना गर्नेछ । वल्भ्सले बिहीबार राति नै भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले तथा समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।
वल्भ्सको जितमा राउल जिमिनेजले खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । गोलरक्षक बोबी एलियनको गल्तीमा वल्भ्सले पेनाल्टी पाएको थियो । जसलाई जिमिनेजले सदुपयोग गरे । २८औं मिनेटमा ओलम्पियाकोसका मोहमेद माडी कामराले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए ।
क्वाटरफाइनल खेल समिकरण
इन्टर मिलानविरुद्ध बायर लिभरकुसन
म्यानचेस्टर युनाइटेडविरुद्ध कोपेनहेगन
साख्तर डोनेस्कविरुद्ध एफसी बसेल
वल्भ्सविरुद्ध सेभिल्ला
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]