default_image

5 years ago

August 7, 2020

लिभरकुसन र बसेल अन्तिम आठमा

138 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसन र स्वीस एफसी बसेलले युरोपा लिगको प्रि–क्वारटफाइनलको दोस्रो लेगमा आफ्नो प्रतिद्धन्द्धीमाथि झिनो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

पहिलो लेगमा फराकिलो जित निकालेपनि लिभरकुसन र बसेलले दोस्रो लेगमा गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई दोस्रो लेगमा १–० ले तथा समग्रमा ४–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा लिभरकुसनले ३–१ को फराकिलो जित निकालेको थियो ।

बे एरिना लिभरकुसन जर्मनीमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मोउसा डियावीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । डियावीले ५१औं मिनेटमा चार्लेस एरानगुइजको चलाखीपुर्ण थ्रुबललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएको थियो । त्यसअघि १६औं मिनेटमा लिभरकुसनका काई हाभर्टजको प्रहार बारमा लागेर फर्कदा शुरुवातमा अग्रता लिनबाट चुकेको थियो ।

२३औं मिनेटमा काई पुनः चुके । ५४औं मिनेटमा केभिन भोलान्डको थ्रु बलमा काईको प्रयासलाई रेन्जर्सका गोलरक्षक एलान म्याकग्रिगरले बचाए । ७१औं मिनेटमा एरफिल्डको प्रहारलाई इडमन्डले गोललाइनबाट बचाएपछि रेन्जर्स बराबरीबाट चुक्यो । खेलको अन्तिम समयमा रेन्जर्सले केही राम्रो प्रयास गरेपनि सदुपयोग गर्न नसक्दा हार टार्न सकेन ।

अब लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले यसअघि नै स्पेनिस क्लब गेटाफेलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

अर्काे खेलमा स्वीस क्लब एफसी बसेलले जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टलाई १–० ले तथा समग्रमा ४–० को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । बसेलको जितमा खेल सकिदा दुई मिनेट बाँकी रहँदा फावियन फेरीले गरेको गोल नै निर्णायक बन्यो ।

 

अब बसेलले सेमिफाइनल प्रवेशका लागि युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्नेछ । साख्तरले जर्मन क्लब वल्फ्सवर्गलाई हराएर अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ ।

क्वाटरफाइनल समिकरण

इन्टर मिलानविरुद्ध बायर लिभरकुसन

म्यानचेस्टर युनाइटेडविरुद्ध कोपेनहेगन

साख्तर डोनेस्कविरुद्ध एफसी बसेल

वल्भ्सविरुद्ध सेभिल्ला

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.