default_image

5 years ago

August 7, 2020

बेलले नै खेल्न नमानेको जिदानको खुलासा

184 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले म्यान्चेस्टर सिटीविरुद्ध हुने च्याम्पियन्स लिगको खेलका लागि ग्यारेथ बेलकै आग्रहमा उनलाई टोलीमा समावेश नगरिएको बताएका छन् ।

राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेग खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै जिदानले बेल आफैंले खेल्न नचाहेको बताएका हुन् । ‘बेल र मेरो विषयमा धेरै टिका टिप्पणी हुँदै आएको छ । हामीबीच एक खेलाडी र प्रशिक्षकको रुपमा राम्रो सम्बन्ध रहेको छ । अहिलेको अवस्थामा भने उनले खेल्न चाहेनन्, भएको यहि हो । बाँकी हामीबीच जे भएपनि त्यसले खासै फरक पर्दैन ।’

जिदानले टोली खेलका लागि पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी यो खेलको लागि नै तयारी गरिरहेका थियौं । यो दोस्रो लेग हो र पहिलो केग्मा के भयो हामीलाई थाहा छ । हाम्रो पूरा ध्यान यस खेलमा छ र यो खेल हाम्रो लागि अर्को फाइनल हो । हामी सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं ।’

जिदानले हाजार्ड पछिल्लो समय चोटका कारण संघर्ष गरिरहे पनि लामो विश्रामका कारण पूर्ण रुपमा फिट भइसकेको बताए । उनले ब्राजिलियन डिफेन्डर मार्सेलो पनि चोटमुक्त भएर टोलीमा खेल्न आतुर रहेको जानकरी दिए । जिदानले सिटीविरुद्ध खेलमा रियल दाबेदार नरहेपनि टोलीको सम्भावना भने रहेको बताए ।

‘हामीलाई केहि घाटा पक्कै छ । तर भोली अर्को खेल हो । कुनैपनि खेल अन्तिम मिनेटसम्म पनि जीवित रहन्छ । हामीलाई मैदानमा के गर्नुपर्छ भन्ने थाहा छ । हामीले तयारी पनि त्यसैगरी गरेका छौं,’ जिदानले भने, ‘हाम्रो टोली सन्तुलित छ र सिटीलाई हराउन सक्षम पनि छ । हामीले अहिले अर्को चरणमा कसरि पुग्ने भन्ने सोच बुनिरहेका छौं ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.