default_image

9 years ago

September 5, 2015

फुटबलले जगाएको आशा

दिपेश तिमल्सिना | हाम्रो खेलकुद १९ भाद्र, २०७२ भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि […]

63 views

0 Bookmark

दिपेश तिमल्सिना | हाम्रो खेलकुद

१९ भाद्र, २०७२

भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि जनसङ्ख्या र हजार बढी टिभी च्यानल भएको देशमा गल्ली क्रिकेट टिभीमा हेर्न पाइन्छ तर फुटबलको अन्तराष्ट्रिय मान्यता प्राप्त खेल एवं प्रतियोगिता हेर्न पाउन भने हम्मे हम्मे पर्छ, र खेल यदि नेपालमा भएको छ भने भाग्यमानीले रंगशालामा गएर खेल हेर्न पाउँछ र बाँकि अरुले टेलीभिजनमा| नेपालमा टिभी च्यानलहरु गन्ने हो भने हातैमा गन्न सकिने छन्| नेपाली जनताको फुटबल प्रतिको क्रेजले होला नेपालको खेल हुँदा रंगशालामा सिट खाली भएको देख्नु परेको छैन| उमेर समुहमा पनि हजारौं दर्शक खेल हेर्न रंगशालामै पुगेका हुन्छन|

Bimal Gharti Magar and ANjan Bista

भर्खरै सम्पन्न साफ यु-१९ फुटबल प्रतियोगिता दशरथ रंगशालाको अभावले गर्दा एन्फा कम्पलेक्समा गरिने निर्णय भयो| वैशाख १२ गते गएको विनाशकारी भुकम्पले गर्दा रंगशाला प्रयोग गर्न नहुने भएपछि खेल सातदोबाटोमा हुने भएको हो| हुन त एन्फासमक्ष लगनखेलको सैनिक शारिरक सुगठन तथा तालिम केन्द्रको मैदान र हल्चोकस्थित शसत्र प्रहरी बलको मैदान पनि तयार नै थियो| यी दुवै मैदानमा पहिला पनि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताहरु भै नै रहेका हुन्| वैशाख १२ गते भुकम्प जानुअघि लगनखेलमा ए.एफ्.सी यु-१४ महिलाको प्रतियोगिताका केहि खेलहरु सञ्चालन गरिएको थियो|  संयोगवश भनौं या दुर्भाग्यवश, सोहि प्रतियोगिताको फाइनलको दिन रंगशालामा तेश्रो स्थानको खेलको तयारीको क्रममा भुकम्प आएको थियो| त्यतिबेला दर्शको उपस्थिति नभएकोले ठुलो दुर्घटना टरेको कुरालाई नकार्न सकिन्न|

nepal vs India final U19 SAFF 2015

भारत बिरुद्धको खेलमा टिकट नपाएपछि ज्यानको बाजी राख्दै खेल हेर्न छेउको अग्लो घर चढ्दै समर्थकहरु

कुरा साफ यु१९ प्रतियोगितामौ जोडौं, एन्फा कम्पलेक्समा खेल हुने वा नहुने भन्ने अन्यौल प्रतियोगिता सुरु हुने दुई दिन अघिसम्म पनि थियो| एक महिनाभित्र एन्फाले जुन काम गर्यो त्यो स्वयं एन्फामै कार्यरत कर्मचारीलाई पनि पत्यार नलाग्न सक्ने अवस्था थियो| एन्फाका सि.इ.ओ इन्द्रमान तुलाधरको शव्दमा भन्ने हो भने यो प्रतियोगिता एन्फालाई गर्न कुनै चाह थिएन| तर भुकम्पपछि विश्वको मानसपटलमा नेपालको स्थितिबारे जुन नराम्रो छाप बसेको थियो, त्यसलाई हटाउन एन्फाले यो प्रतियोगिता गर्ने निर्णय लियो| “पर्यटकिय हिसाबले र खेल प्रेमी समक्ष हामीले यो सन्देश दिन जरुरी छ कि हामी जे भयो त्यसबाट अघि बढ्न सक्क्षम छौं,’ तुलाधरले भने|
लगनखेल र हल्चोक मेैदान उपलब्ध हुँदाहुँदै पनि एन्फामा खेल गर्नु पछाडी पनि केहि कारण पनि अवश्य छन्| सबैलाई अवगतै छ कि यी दुवै खेलमैदानमा दर्शकका लागि प्याराफिट उपलब्ध छैन| यसै कारण पनि, दुई हजार क्षमता भएपनि खेल एन्फा कम्पलेक्समै गराउने जमर्को एन्फाले लियो| प्रतियोगिताको समापन पश्चात मुल्याकंन गर्ने हो भने यो निर्णय निकै राम्रो साबित भयो| दर्शकको उपस्थितिले खेलाडीहरुलाई थप उर्जा मिल्यो, भाग्यमानी खेलप्रेमी दर्शकले खेल नजिकैबाट नियाल्न पाए अथावा भनौं जितको मजा पनि खेलाडीसंगै लिन पाए र एन्फालाई केहि हदसम्म आर्थिक क्षेत्रमा लाभ भयो|

नेपाल र अफगानिस्तानको खेलमा एन्फा कम्प्लेक्स नजिकैको एक घर

नेपाल र अफगानिस्तानको खेलमा एन्फा कम्प्लेक्स नजिकैको एक घर

७८ लाख अनुमानित बजेट भएको प्रतियोगिताको लागि ५० लाख साफले उपलब्ध गराएको थियो भने बाँकि रकम टिकटबाट उठाउने लक्ष्य एन्फाले लिएको थियो| समुह चरणको खेलहरुमा २०० र ३०० रुपैंया तोकिएको टिकट परम्परागत शैलीलाई पछ्याउँदै सेमिफाइनल र फाइनलका लागि रु. ३०० र रु. ५०० तोकिएको थियो| अन्दाजी हिसाब गर्दा एन्फाले टिकटबाट करिब २० लाख उठाउन सफल रह्यो| आर्थिक हिसाबनमा घाटा नै भएपनि सि.इ.ओ. तुलाधरले भनेझैं यस प्रतियोगिताले फुटबल जगतका साथसाथै अन्य विभिन्न क्षेत्रबाट सहयोग भने अवश्य पुर्यायो|

यस प्रतियोगिता जितेपछि नेपालको २२ वर्षको उपाधि खडेरी त तोडियो नै साथसाथै यसले आशा पनि जगाएको छ| यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका चार खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो स्थान पनि बनाए| भारत विरुद्धको मैत्रिपुर्ण खेलमा विमल घर्ती मगर, अन्जन विष्ट र अन्नत तामागं सुरुवाति एघारमै अटाए भने विश्वास श्रेष्ठ अतिरिक्त खेलाडीमध्ये एक थिए| मिडफिल्डर हेमन्त थापा मगर ३० जनाको सुचीमा परेपनि अन्तिम टोलीमा पर्न भने असफल रहे| सोहि टोलीका सदस्य दिनेश राजवंशी यसअघिनै राष्ट्रिय टोलीका सदस्य भइसक्का छन् र घाइते भएका कारण यो पाली टोलीमा अटाउन सकेनन्|

यस प्रतियोगिताको फाइनलका नायक सोजित गुरुगं भर्खर सत्रौं वसन्त पार गर्दैछन्| विगतका उमेर समुहमा केहि फितलो देखिएको गोलरक्षकको समस्याले भविष्यमा राष्ट्रिय टोलीमै समस्या आउने हो कि भन्ने डर पनि केहि हदसम्म साम्य भएको छ| सुनिल बल, डोना थापा, गौरव बुढाथोकि, आकाश थापा लगाएतका खेलाडिले पनि प्रतियोगिता अवधिभर राम्रै प्रदर्शन गरे|

दर्शकको कुरा गर्ने हो भने नेपालको खेलको दिन सातदोवाटो तिरको माहोल भिन्नै देखिन्थ्यो| समुह चरणका खेलहरु दिउँसो साढे तिन बजे सुरु हुने र खेलका लागि १२ बजे टिकट बिक्रि सुरु हुने भने पनि बिहान एघार बजेदेखि टिकटमा लाम सुरु हुन्थ्यो| साधारण तर्फ १७०० र भि. आई.पी तर्फ ३०० टिकट बेच्ने निर्णय भएकोमा टिकट लिने लाम सधैं टिकट संख्याभन्दा धेरै हुन्थ्यो| लाम बस्ने सबैको मनोभावना मध्यनजर गर्दै एन्फाले समुहचरणमा प्रति व्यक्ति ३ टिकट, सेमिफाइनलमा दुई र फाइनलको दिनमा एक व्यक्ति एक टिकटको अवधारणा अपनाएको थियो| जबजब खेल समय नजिकिंदै जान्थ्यो एन्फा परिसर वरपरका घरका छतहरु भरिदैं जान्थे भने बाटो वरपर मानिसको भिड व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मे पर्थ्यो| कम्प्लेक्ससंगै जोडिएको टेनिस कोर्ट प्रतियोगिता अवधिभर खेल हुने समयमा सञ्चालन हुन सकेन| नेपालको खेलमा वरपरका रुखका हाँगामा समेत चढेर खेल हेर्ने दर्शक पाइए|

फाइनलको दिन टिकट ११:३० बजे विक्रि गर्ने भनेपनि बिहान चार बजेको सिमसिम पानीमै केहि खेलप्रेमीहरु लाम लाग्न सुरु भइसकेका थिए| लाम बस्नेमध्य एकले भने,” अस्ति सेमिफाइनलको दिन आठ बजे आएर पनि टिकट पाइएन, बनेपा देखि आउनुपर्ने भएर हिजो यतै होटेलमा रात बिताएर बिहान छ बजेनै लाम बस्न आएको| तर म आउँदापनि लाममा सय भन्दा बढि मानिस बसिसकेका थिए|” बिहान सातबजेनै करिब १५०० लामबद्ध भैसकेका थिए भने आठबजेबाट प्रहरीहरु तैनाथ गरेर कम्पलेक्स परिसरको सुरक्षा प्रणाली कडा गरिएको थियो|

टिकट खरिद गर्न सवेरै लामबद्ध दर्शक

टिकट खरिद गर्न सवेरै लामबद्ध दर्शक

कान्तिपुर गोल्डले प्रत्यक्ष प्रशारण गरेको प्रतियोगिकताको लाइभ स्ट्रिमिगं एवं लिखत अपडेट एन्फाकै वेबसाइट लगाएत अन्य मिडियाले पनि दिएका थिए|  उमेर समुहको प्रतियोगिताको पलपलको समाचार विश्वभरि छाइरहेको अवस्था भने दुई दिनपछि भारतमा भएको मैत्रिपुर्ण खेलमा भने पाउन सकिएन| केहि भारतिय वेबसाइटले लिखत अपडेत दिएपनि नेपाली गोलकिपर बाहेक अन्य खेलाडिको नाम विरलै पाइयो| नेपालको फर्मेसन कस्तो थियो भन्ने कुराको बयान र खेल कस्तो रह्यो भन्ने विस्तृत विवरण टोलीको नेपाल आगमन पछि मात्र थाहा भयो|, त्यो पनि स्वयं खेलाडिहरुको मुखराविन्द बाट|

नेपाल नखेलेको खेलमा पनि करिब पाँच सय दर्शकको उपस्थिति, प्रतियोगिता अवधिभर नेपली मिडियाले गरेको खेलको विश्लेषण एवं प्रस्तुति र त्यसमा नेपाली दर्शकको प्रतिक्रिया एकदमै प्रशंसनिय थियो| एन्फाले देशको यस्तो परिस्थितिमा चालेको यो कदम वास्तवमै स्वागतयोग्य छ र अन्य क्षेत्रका संघसंस्थाले पनि यसबाट केहि प्रेरणा अवश्य लिनेछन्| खेल, खेलाडी र यससंग जोडिएका सम्पुर्ण ठाउँबाट आएको यस किसिमको नतिजाले नेपली फुटबलमा नयाँ आशा जगाएको छ|

आशा जागाउने काम संगसंगै एन्फासमक्ष चुनौतिहरु पनि उत्तिकै छन्| अहिले भएका राम्रा कार्यहरुलाई जारी राख्ने र कमजोर पक्षहरुमा क्रमश: सुधार गर्नु एन्फाको लागि एकदमै जरुरी देखिन्छ| दुई हजार दर्शक क्षमता भएको एन्फा कम्प्लेक्स मैदानको निर्माणमा जे कमजोरी देखिए, ति सबै कमजोर पक्षहरु अब बन्ने ललितपुर च्यासल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुधार्नुपर्छ| फिफा, नेपाल सरकार र एन्फाको सामुहिक प्रयासमा च्यासलको टेक्निकल सेन्टरलाई स्तरोन्नति गरेर पन्ध्र हजार क्षमता भएको अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न मैदान तयार पार्ने सम्झौता भइसकेको छ| फिफाले मैदानमा प्रयोग हुने एष्ट्रो टर्फ सहयोग गर्ने र सरकारले १५,००० दर्शक क्षमताको प्याराफिट बनाएर एन्फालाई हस्तानतरण गर्ने निर्णय पनि भइसकेको छ|

खेलको लागि आवश्यक पुर्वाधार संगसंगै खेलको स्तरोन्नति गर्नु पनि एन्फा समक्ष चुनौति बनेको छ| उमेर समुहमा राम्रो प्रदर्शन संगसंगै राम्रो नतिजा आएपनि सिनिएर टोलीमा त्यो जारी हुन सकेको छैन| अहिलेको यु१९ टोलीका अधिकांश खेलाडी राम्रा भएका र राष्ट्रिय टोलीमा पनि केहि महत्वपुर्ण खेलाडीहरु आफ्नो खेलजिवनको अन्त्यतर्फ आइरहेको स्थिति मध्यनजर गर्दै एन्फाले जरुरी कदमहरु चाल्न आवश्यक देखिन्छ| देशको खेलको स्थिति त्यहाँको घरेलु खेलस्थितिले देखाउँछ भनिन्छ| भुकम्पका कारण रोकिएको राष्ट्रिय लिग सरिरहेको अवस्थामा यस लिगलाई सम्पन्न गरेर यस वर्षको फुटबल क्यालेन्डर सुचारु गर्नुपर्ने दवाव पनि उत्तिकै छ| खेल र खेलाडिको उचित व्यवस्थापन गरेर अगाडी बढ्ने कुरामा खेलाडि, क्लब र संघ लगाएत सम्पुर्ण खेलसमाज सकारातमक भएर बढेमा अब आउने पुस्ताले नेपाली फुटबल जगतको इतिहासमा केहि नगर्ला भन्न सकिन्न|

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.