default_image

5 years ago

August 8, 2020

मिडफिल्डर काजोर्ला जाभीको अल सादमा अनुबन्धित

110 views

0 Bookmark

एजेन्सी – स्पेनि राष्ट्रिय टोली तथा स्पेनिस क्लब भिल्लारियलका भेट्रान मिडफिल्डर सान्टी काजोर्ला कतारी क्लब अल सादमा अनुबन्धित भएका छन् ।

भिल्लारियलमा सम्झौता सकिएपछि इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर काजोर्ला क्याटलान क्लब बार्सिलोनाका लेजेन्ड जाभी प्रशिक्षक रहेको अल सादमा अनुबन्धित भएका हुन् । उनको सम्झौता अवधि र सम्झौता रकम खुलाइएको छैन । ३५ वर्षीय काजोर्लालाई इंग्लिस क्लब आर्सनलमा मिकेल अर्टेटाको सहायकको रुपमा प्रस्ताव गरिएपनि उनले कतारको च्याम्पियन अल साद रोजेका हुन् ।

अल सादमा अनुबन्ध भएपछि कार्जाेलाले कतारको ठूलो क्लबबाट खेल्न पाउनु आफ्नो लागि ठुलो सम्मान रहेको बताएका छन् । कतार आउने निर्णयमा जाभीले धेरै मद्दत गरेका काजोर्लाले बताएका छन् । ‘उहाँ खेलाडी हुदा मेरो आदर्श खेलाडी हुनुहुन्थ्यो । उहाले एक प्रशिक्षकको रुपमा मेरो लागि उदाहारण बसाल्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । मेरो लक्ष्य लक्ष्य अल सादबाट सबै कुरा जित्नु हो,’ काजोर्लाले  भने ।

आर्सनलका पुर्व मिडफिल्डर उनले दुई सिजन भिल्लारियलमा बिताएका थिए । उनले आर्सनलका लागि १८० खेल खेल्दा २९ गोल गरेका छन् । उनले आर्सनलबाट लगातार दुई सिजन २०१४ र २०१५ मा एफए कप जितेका थिए ।

२०१५ मा कतार जानुअघि जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै विभिन्न २५ उपाधि जितेका थिए । उनले अल सादमा केही सिजन खेल्दै अल सादकै प्रशिक्षक बनेका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.