default_image

5 years ago

August 8, 2020

बायर्न र चेल्सी भिड्दै

164 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । यो दुई खेल पश्चात क्वाटरफाइनल समिकरण पुरा हुनेछ । यसअघि फ्रेन्च क्लब पीएसजी, इटालियन क्लब एटलान्टा, जर्मन लब आरबी लाइप्जिग, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर सिटी, फ्रेन्च क्लब लियोनले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

पहिलो लेगमा ३–० को सहज जित निकालेको बायर्न चेल्सीलाई हराउदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । बायर्नलाई यही नतिजा कायम राख्न सकेपनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेट्ज्का, थियागो आलाकान्तरा, जोसुवा किम्मिच, जेरोमी बोएटिङ, डेभिड अलवा र म्यानुयल नुयर जस्ता खेलाडी बायर्नको टोलीमा हुनेछ ।

यता, चेल्सी पनि दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । चेल्सीलाई अघिल्लो चरण पुग्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । ३–० को जितले पनि चेल्सीको झिनो आशा हुनेछ । तर, बलियो बायर्नविरुद्ध चेल्सीलाई यति फराकिलो जित निकाल्न असम्भव जस्तै छ ।

कप्तान सेजर अज्पिलिक्वेटा, विलियन, पेड्रो, क्रिस्टियन पुलिसिच चोटका कारण टोलीमा हुनेछैन । ओलिभर जिरुउड, मेसन माउन्ट, कलुम हड्सन ओडोइ, इमर्सन, माटियो कोभाचिच, रस बार्कली र एन्टेनियो रुडिगर टोलीमा हुनेछ ।

यी दुई टोली चारपटक आमनेसामने हुदा चेल्सी जितविहीन छ । बायर्नले दुई जित हात पार्दा दुई खेल बराबरीमा सकिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.