5 years ago
August 8, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको २४ घण्टा नबित्दै प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ ।

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा लियोनसँग २-२ को बराबरी खेलेपछि अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो लेगमा १-० को हार बेहोरेको युभेन्टसले घरेलु मैदानमा शुक्रबार २-१ को जित दर्ता गरेपनि अगाडि बढ्न सकेन । युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।
सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बुझिएको छ । सार्रीको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । युभेन्टसले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रुपमा हेरेको बुझिएको छ ।

इटालीमा लिग उपाधि जितेपनि युभेन्टसले लिगका अन्तिम खेलतिर भने लय गुमाएको थियो । कोरोना संक्रमणपछि लिग सुरुवात हुँदा सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको युभेन्टसलाई उपाधि होडमा रहेका अन्य क्लबको खराब प्रदर्शनले निकै सहयोग पुग्यो । तर लिगको अन्तिमतिर भने युभेन्टसले पनि आफ्नो लय गुमायो । अन्य टोलीले पनि युभेन्टसको गल्तिको फाइदा उठाउन नसक्दा लिग उपाधि टुरिनमै रहन पुगेको थियो ।
युभेन्टसले लिगका २ खेल बाँकी रहँदा उपाधि पक्का गरेको थियो । लिगको पछिल्लो ८ खेलमध्य टोलीले जम्मा २ खेलमा जित हासिल गर्यो । साम्पडोरियाविरुद्ध जुलाई २६ मा २-० को जितसँगै उपाधि पक्का गरेको युभेन्टसले त्यसपछि काग्लियारी र एएस रोमासँग लगातार हार बेहोरेको हो ।

उपाधि जित्ने क्रममा युभेन्टसले लिगको ३८ खेलमा ८३ अंक जोड्यो । यो पछिल्लो एक दशकमा युभेन्टसले जोडेको सबैभन्दा कम अंक हो । पछिल्लो ८ सिजन उपाधि जित्दा डिफेन्समा बलियो देखिएको युभेन्टसका लागि यसपटक भने ४३ गोल खाँदै सबैभन्दा खराब सिजन रहयो । टोलीको यस सिजनको गोलअन्तर, +३३ पनि सबैभन्दा कम हो ।
यसबाहेक युभेन्टसले लिग अवाधिभर ७ पटक हारको सामना गर्नुपर्यो । विगत ८ वर्षमा युभेन्टसको नतिजा यति खराब रहेको थिएन । उपाधि जित्दा पनि टोलीले आफ्नो निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम गरेको थियो, यस सिजन भने इन्टर मिलान मात्र १ अंक पछाडी रहेर उपविजेता बन्यो ।
युभेन्टसले यस सिजन अग्रता लिएको अवस्थाबाट २१ अंक गुमायो । उपाधि जित्ने टोलीले यस्तो अवस्था भोगेको यो कीर्तिमान पनि हो । यसअघि सन् १९८२-८३ सिजनमा रोमाले उपाधि जित्दा २० अंक अग्रता लिएको अवस्थामा गुमाएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]