5 years ago
August 8, 2020
एजेन्सी – प्रशिक्षणको अनुभव बटुल्न नपाउँदै युभेन्ट्सले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई नयाँ मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्ट्सले माउरिजियो सार्रीलाई बर्खास्त गरेको थियो । त्यसको केहि घन्टामा युभेन्ट्सले पिर्लोलाई नयाँ प्रशिक्षकका रुपमा प्रस्तुत गरेको छ ।
गत महिना मात्र पिर्लो युभेन्ट्सको यू २३ को प्रशिक्षक नियुक्त भएका थिए । ४१ वर्षे पिर्लोले यसअघि कुनै पनि युवा वा सिनियर टोलीलाई प्रशिक्षण दिएका थिएनन् ।
इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको २४ घण्टा नबित्दै सार्रीलाई बर्खास्त गरेको थियो । युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा लियोनसँग २-२ को बराबरी खेलेपछि अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो ।
पहिलो लेगमा १-० को हार बेहोरेको युभेन्टसले घरेलु मैदानमा शुक्रबार २-१ को जित दर्ता गरेपनि अगाडि बढ्न सकेन । युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बताइएको छ ।
सार्रीको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रुपमा हरेको बताइएपनि टोलीले आफ्ना पूर्व मिडफिल्डरमा विश्वास देखाएको छ ।
इटालीमा लिग उपाधि जितेपनि युभेन्टसले लिगका अन्तिम खेलतिर भने लय गुमाएको थियो । कोरोना संक्रमणपछि लिग सुरुवात हुँदा सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको युभेन्टसलाई उपाधि होडमा रहेका अन्य क्लबको खराब प्रदर्शनले निकै सहयोग पुग्यो ।
तर लिगको अन्तिमतिर भने युभेन्टसले पनि आफ्नो लय गुमायो । अन्य टोलीले पनि युभेन्टसको गल्तिको फाइदा उठाउन नसक्दा लिग उपाधि टुरिनमै रहन पुगेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]