5 years ago
August 9, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोना अगाडी बढेको हो । समग्रमा बार्सिलोनाले ४-२ को जित आत्मसात गर्यो ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दोस्रो मिनेटमा नै नेपोलीले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर जेरार्ड पिकेले बल क्लियर गर्ने प्रयासमा चुक्दा पाएको अवसरमा ड्रीज मर्टेन्सको प्रहारले पोस्टको दिशा लिन सकेन । आठौं मिनेटमा पिटर जिलेन्स्कीको प्रहारले गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई कुनै कष्ट दिएन ।
खेलको दशौँ मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो । कप्तान लिओनेल मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरीपछि पाएको कर्नरमा बार्सिलोना गोल गर्न सफल रहयो । इभान राकिटिचको कर्नर प्रहारमा क्लेमेन्ट लेङलेटको हेडर गोलमा परिणत भएको थियो । कर्नरका क्रममा नेपोलीका डिएगो डेम्मेलाई लेङलेटले धकेलेपनि रेफ्रीले भिएआरको सहायताले गोललाई मान्यता दिए । १४ औं मिनेटमा राकीटिचको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२२ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । नेपोलीको पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रणमा लिएका उनले सुरुवातमा तीन डिफेन्डरलाई बिट गर्दै लडेपछि त्यसै मुभमा दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो । नेपोलीका गोलरक्षक डेविड ओस्पिनाले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोल भएको थियो ।
३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाएपनि भीएआरले गोललाई मान्यता दिएन । लुइस सुआरेजको प्रहार गोलरक्षक ओस्पिनाले बचाएपछि रिबाउन्ड फ्रेकी डे जोङको खुट्टामा पुगेको थियो । डे जोङले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट पास निकाल्दै मेस्सीलाई दिएपछि कप्तान मेस्सीले बल नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरे । बल नियन्त्रणमा लिने क्रममा मेस्सीले हातले बल छोएपछि गोलले मान्यता पाएको थिएन ।
खेलको ४१ औं मिनेटमा नेपोलीका कालिडु कौलिबालीले बल क्लियर गर्ने प्रयासमा मेस्सीलाई फल गर्न पुग्दा रेफ्रीले भीएआरको मदत लिँदै बार्सिलोनालाई पेनाल्टी दिए । मेस्सी र कौलिबालीको चोटका कारण खेल केहिबेर रोकिएपनि भीएआरको निर्णयपछि लुइस सुआरेजले पेनाल्टी लिए । सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मिडफिल्डर राकीटिचले मर्टेन्सलाई लडाएपछि रेफ्रीले नेपोलीलाई पेनाल्टी दिए । कप्तान इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेलमा नेपालीको सम्भावना जिवितै राखे । अन्तिम समयमा जोसे क्यालेहोनले अवसर सदुपयोग गर्न नसक्दा नेपोलीले अन्तर घटाउने मौका गुमायो ।
दोस्रो हाफको ५२ औं मिनेटमा मर्टेन्सको हेडरलाई गोलरक्षक टेर स्टेगनले सहजै बचाए । ६० औं मिनेटमा राकीटिचको फ्रिकिकले कुनै खतरा निम्त्याउन सकेन । ६७ औं मिनेटमा बार्सिलोनाको काउन्टर अट्याकमा मेस्सीको एक्रोब्याटिक पास सफल हुन नसक्दा स्कोर ३-१ नै कायम रहेको थियो । ८० औं मिनेटमा अर्काडीयुस्ज मिलिकले गोल गरेपनि रेफ्रीले उक्त मुभलाई अफसाइड दिँदै गोललाई मान्यता दिएनन् ।
खेलको ८५ औं मिनेटमा हर्भीङ लोजानोको हेडर पोस्टमा लाग्दै फर्कंदा नेपोली खेलमा फर्कने अवसरबाट बन्चित भयो । नेपोलीले अन्तिम पाँच मिनेटमा लगातार बल पोसेसन राख्दै आक्रमणमा दबाब दिएपनि गोल गर्न भने सकेन ।
अब बार्सिलोनाले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-० को जित दर्ता गरेको बायार्नले शनिबार ४-१ को जित हासिल गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचले १-१ गोल गरे । चेल्सीका ट्यामी अब्राहमले सान्त्वना गोल फर्काएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]