5 years ago
August 9, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीमाथि फराकिलो जित निकाल्दै जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो । बायर्नले पहिलो लेगमा ३–० को सहज जित निकालेको थियो । बायर्नको फराकिलो जितमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।

घरेलु मैदानमा बायर्नले खेलको १०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । चेल्सीका गोलरक्षक विलफ्रेडो काभालेरोले लेवान्डोस्कीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की आफैले गोल गरेका थिए । १४औं थोमस मुलरले गोल गर्ने अवसर गुमाउदा बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो । १८औं मिनेटमा बायर्नका सर्जी जिनाब्री चुके ।
२४औं मिनेटमा लेवान्डोस्कीको पासमा अनमार्क रहेका इभान पेरिसिसले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २६औं मिनेटमा चेल्सीका इमर्सनको प्रहारलाई बायर्नका गोलरक्षक तथा कप्तान म्यानुयल नुयरले बचाए । २८औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा चेल्सीले अग्रता घटाउने मौका गुमायो । ओडोई अफसाइड देखिएको थियो ।

४४औं मिनेटमा इमर्सनको पासमा टम्मी अब्राहमले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ४९औं मिनेटमा चेल्सीा मासन माउन्टको प्रहारलाई म्यानुयल नुयरले बचाए । ७२औं मिनेटमा फिलिपे कौटिन्होको प्रहारलाई वेल्फ्रेडोले मुस्किलले बचाए । ७६औं मिनेटमा लेवान्डोस्कीकै पासमा सब्सिच्युट कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई जितको आधार देखाए ।
टोलिसो ७०औं मिनेटमा थियागो अलकान्ताराको स्थानमा मैदान प्रवेश गरेका थिए । ८३औं मिनेटमा निक्लस सुलले मौका गुमाए । सोही मिनेटमा अल्भारो ओर्डिजोलाको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गर्दै बायर्नलाई ४–१ को सानदार जित दिलाए ।
क्वाटरफाइनल समिकरण
एटलान्टाविरुद्ध पीएसजी
आरबी लाइप्जिगविरुद्ध एट्लेटिको मड्रिड
बार्सिलोनाविरुद्ध बायर्न म्युनिख
म्यानचेस्टर सिटीविरुद्ध लियोन
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]