5 years ago
August 9, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलका लागि चोटसँग संघर्षरत युवा स्टार केलियन एमबाप्पेलाई टोलीमा समेटेको छ ।

एमबाप्पेले २५ जुलाईमा सेन्ट इटिनेविरुद्धको फ्रेन्च कप फाइनल दौरान चोट बोकेका थिए । उनी पुुर्णरुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको हो । सेन्ट इटिनेका डिफेन्डर लोइच पेरिनले घातक फल गरेपछि एमबाप्पे खेलको ३१औं मिनेटमा नै मैदान छोड्न बाध्य भएका थिए । पीएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखीकै साहारामा टिमसँग खुशियाली मनाएका थिए ।
पीएसजीले एटलान्टासँग १३ अगष्टमा पोर्चुगलको लिस्वनमा खेल्नेछ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । ‘समय निकै कम छ । हामी टोलीको डाक्टरसँग नियमित छलफलमा छौं । फेरि अर्कोपटक यस विषयमा छलफल हुनेछ । एमबाप्पे एटलान्टासँगको खेल सम्ममा ठीक हुनेमा हामी आशावादी छौ । तर उनी खेल्न नसक्ने भएको खण्डमा बेञ्चमा नै बस्ने छन्,’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने । पीएसजी सेमिफाइनल पुगेको अवस्थामा एमबाप्पेले खेल्न सक्ने प्रशिक्षक टुचेलको विश्वास छ ।
पीएसजीको २८ सदस्यीय टोलीमा नेयमार, एन्जल डी मारिया, थियागो सिल्भा, माउरो इकार्डी, लेभिन कुर्जावा, केलर नाभास, पाब्लो साराविया लगायतका खेलाडी छन् । पीएसजी एटलान्टालाई पराजित गर्दै १९९४–९५ को सिजनपछि पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । सेमिफाइनलमा पुगेको खण्डमा पीएसजीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन आरबी लाइप्जिग बीचको विजेतासँग खेल्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]