default_image

5 years ago

August 10, 2020

लाकाजेट म्याड्रिड जाने बलियो सम्भावना

132 views

0 Bookmark

एजेन्सी – फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड एलेक्जान्डर लाकाजेट स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध नजिक छन् । लाकाजेट ३० मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिड जान व्यक्तिगत रुपमा सहमत भएको बुझिएको छ ।

मिकेल अर्टेटाको प्रशिक्षणमा कम मौका पाएपछि लाकाजेटले आर्सनल छाड्ने मनासय बनाएका थिए । युनाई इम्रीको प्रशिक्षणमा लगातार मौका पाइरहेपनि डिसेम्बरमा अर्टेटा प्रशिक्षक बनेपछि लाकाजेटले कमै अवसर पाएका छन् । क्लबले उनलाई बेचेर अन्य खेलाडी खरिद गर्न रकम जम्मा गर्ने प्रयास गरेको छ ।

लाकाजेट सन् २०१७ मा फ्रेन्च क्लब लियोनबाट आर्सनल आएका थिए । त्यतिबेलै एट्लेटिको म्याड्रिड जाने तयारी रहेपनि खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेका कारण उनी आर्सनल आएका थिए । उनले आर्सनलमा औसत प्रदर्शन मात्र गर्न सके ।

आर्सनलले कप्तान पिएरे इमिरिक औवामियाङको सम्झौता नवीकरण र ब्राजिल तथा चेल्सीका विंगर विलियन ल्याउने प्रयास थालेपछि २९ वर्षे लाकाजेट क्लब छाड्ने मनासयमा पुगेको अनुमान गरिएको छ । उनले पहिलो रोजाईमा नियमित खेल्न चाहेको र आर्सनलले उनलाई त्यसको ग्यारेन्टी गर्न नसक्ने भएपछि क्लबले उनलाई अन्यत्र छलफल गर्न दिएको थियो ।

आर्सनलले एक साताअघि एफए कपको उपाधि जित्दा लाकाजेटले पहिलो रोजाईमा मौका पाएका थिएनन् । उक्त खेलमा औवामियाङले दुई गोल गर्दै उपाधि जिताएका थिए । आर्सनलले औवामियाङको पारिश्रमिक प्रतिसाता १ लाख ८० हजारबाट बढाएर २ लाख ५० हजार पाउन्ड बनाउने तयारी थालेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.