5 years ago
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलको लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण सोमबार र मंगलबार हुने भएको छ ।

एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परिक्षण गर्न लागेको एन्फाले जनाएको छ । सबैको परिक्षण पाटन अस्पताल लगनखेलमा हुनेछ । दुईदिनमा सबैको कोरोना परिक्षण सकिने एन्फाले जनाएको छ ।
एन्फाले प्रशिक्षणका लागि १७ बुदे प्रोटोकल तयार पारिसकेको छ । नेपाली टोलीले १ भदौबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । सुन्दर ढोका साथी सेवाको समन्वयमा एन्फाले बिहीबार एन्फा होस्टेल र एन्फा कार्यालय डिसइन्फेक्सन गरिसकेको छ । परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । प्रशिक्षण अवधिभर खेलाडीले होस्टेल छाड्न पाउनेछैन ।
बन्द प्रक्षिणमा ३४ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक योहान कालिन नरहेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीलाई प्रशिक्षण दिने छ । गोलकिपिङ प्रशिक्षकमा एन्फाले राष्ट्रिय टोलीका पुर्वगोलरक्षक विकास मल्ललाई नियुक्त गरिसकेको छ । एन्फाले १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ ।
नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]