5 years ago
August 10, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

शनिबारको प्रशिक्षणपछि कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको र संक्रमण देखिएकाको नाम गोप्य राखिएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । दुई मध्य एक जना खेलाडीमै कोरोना पोजेटिभ देखिएपछि अन्य खेलाडीमा पनि पोजेटिभ देखिने सम्भावना रहेपछि क्लबको पोर्चुगल भ्रमण केही ढिला हुने भएको छ ।
च्याम्पियन्स लिगका लागि पोर्चुगलको लिस्वन जानुअघि गरिएको परिक्षणमा दुई जनामा पोजेटिभ देखिएको हो । उनीहरुलाई तत्कालै क्वारेन्टिनमा राखिएको छ । एट्लेटिकोले बिहीबार राति क्वाटरफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । खेलाडीमै कोरोना देखिएपछि यसको प्रभाव खेलमा पनि पर्न सक्ने क्लबले जनाएको छ ।
क्लबले आफ्नो दुई जनामा कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई आइसोलेसनमा राखिएको स्पेन र पोर्चुगलको स्वास्थ्य विभाग, युइएफए, स्पेनिस फुटबल फेडेरेसन, पोर्चुगल फुटबल फेडेरेसन र उच्च स्पोर्ट्स काउन्सिललाई पनि जानकारी गराइसकेको छ ।
एट्लेटिकोका ९३ जना पदाधिकारीसहित आज सोमबार पोर्चुगलको लिस्वन जाने तयारीमा थियो । ति सबैको परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो ।
एट्लेटिको मड्रिडले साविकको विजेता इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रि–क्वाटरफाइनलको पहिलो लेगमा १–० को जित निकालेको एट्लेटिकोले दोस्रो लेगमा लिभरपुललाई अतिरिक्त समयमा ३–२ ले तथा समग्रमा ४–२ ले पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]