default_image

5 years ago

August 10, 2020

चेल्सी छाड्ने ब्राजिली विलियनको घोषणा

153 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर विलियनले बिदाई पत्र लेख्दै इंग्लिस क्लब चेल्सी छाड्ने घोषणा गरेका छन् । चेल्सीसँग तीन वर्षको सम्झौता मागेपनि चेल्सीले त्यसलाई पुरा नगरेपछि विलियनले स्टामफोर्ड ब्रिज क्लब छाड्ने पक्का गरेका हुन् ।

उनले समाजकि सन्जाल इन्स्टाग्रामबाट क्लब र समर्थकलाई बिदाई पत्र लेख्दै अर्काे सिजन चेल्सीबाट नखेल्ने बताएका छन् । उनले आफ्नो ७ बर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद र अब अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसँग बिदा मागेका छन् ।

‘ती सात वर्ष उत्कृष्ट थिए । अगस्ट २०१३ मा मैले चेल्सीको प्रस्ताव प्राप्त गरेको थिए । म विश्वस्त थिएँ कि मैले यही ठाँउमा खेल्नुपर्दछ । आज म पक्का छु कि त्यो सबैभन्दा राम्रो निर्णय थियो । त्यहाँ धेरै खुशीका समयहरु थिए, केही दुखी, त्यहाँ ट्रफीहरु थिए र यो सधै गहन थियो । यद्धपि ट्रफीहरु भन्दा बाहिर मैले आफ्नै बारे धेरै सिके । मैले आफूलाई थप प्रमाणित गरें । प्रत्येक प्रशिक्षणको साथ, ड्रेसिङ रुमको हरेक समयमा सिकें,’ उनले बिदाई सन्देशमा लेखेका छन् ।

३२ वर्षीय विंगरको चेल्सीसँगको सम्झौता यसै समरमा सकिएको छ । क्लबले उनलाई दुई बर्षको सम्झौता नविकरणको प्रस्ताव अघि सारेपनि उनले चेल्सीमा तीन वर्षको नवीकरण माग गरेका थिए । विलियन पछिल्लो समय अर्को लण्डन क्लब आर्सनलसँग जोडिएका छन् । उनी प्रतिसाता १ लाख पाउण्ड पारिश्रमिक पाउने शर्तमा आर्सनलमा जाने बताइएको छ । आर्सनलले विलियनलाई तीन बर्षको अनुबन्धनको प्रस्ताव अघि सारिसकेको छ ।

विलियन २०१३ मा रसियन क्लब एन्जि माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा लण्डन क्लब चेल्सी आएका थिए । चेल्सीमा ७ बर्ष बिताउँदै ३३९ खेलमा ६३ गोल र ६२ गोलको अवसर सिर्जना गरेका थिए । विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलको लागि सहायता दिएका थिए । उनले चेल्सीबाट दुईपटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, इएफएल कप र युरोपा लिग जितेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.