default_image

5 years ago

August 10, 2020

इन्टर मिलान र लिभरकुसन भिड्दै

146 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बायर लिभरकुसनसँग युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैैछ । खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

यि दुई टोली कुनैपनि प्रतियोगितामा पहिलोपटक एक आपसमा प्रतिस्पर्धा गर्न लागेको हो । इटालियन क्लब इन्टर लिभरकुसनलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । स्पेनिस प्रतिद्वन्द्वी गेटाफेलाई २–० ले हराएर अघि बढेको इन्टरका लागि रोमेलु लुकाकु नै मुख्य हतियार हुनेछन् ।

पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको इन्टरका लागि लोउटारो मार्टिनेज, क्रिस्टियन इरिक्सन, एस्ले योङ, ड्यानियल डि एम्ब्रुसो र डिएगो गोडिनजस्ता खेलाडी साथमा हुनेछन् । इन्टर सिरी ‘ए’ मा बोलोग्नासँग २–१ ले पराजित भएयता पछिल्लो ९ खेलमा अपराजित रहेको छ । यसक्रममा इन्टरले ६ खेलमा जित र ३ बराबरीको नतिजा निकालेको छ ।

यता, जर्मन क्लब लिभरकुसन पनि इन्टरलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरकुसनका लागि इंग्लिस क्लब चेल्सीको लक्ष्यमा रहेका युवा खेलाडी तथा कप्तान काई हाभर्टज नै मुख्य हतियार हुनेछ । उनले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् ।

लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई समग्रमा ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरकुसनले दोस्रो लेगमा १–० को जित हात पारेको थियो ।

पछिल्ला खेलहरुमा मिश्रित प्रदर्शन गरिरहेको लिभरकुसन बलियो इन्टरविरुद्ध घरेलु भुमिको फाइदा लिने योजनामा हुनेछ । लिभरकुसनले पछिल्ला सात खेलमा चारमा जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.