default_image

5 years ago

August 10, 2020

म्यानचेस्टर युनाइटेडलाई कोपनहेगनको चुनौती

132 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगमा आज (सोमबार) राति क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डेनिस क्लब कोपनहेगन तथा इटालियन क्लब इन्टर मिलान र जर्मन क्लब बायर लेभरकुसनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बाँकी दुई खेल साख्तर डोनेक्स र बसेल तथा वल्भ्स र सेभिल्लाबीचको खेल भोलि राति जर्मनीमै हुनेछ ।

यि दुई टोली कुनैपनि प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टोली खेल जित्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । युनाइटेडले अष्ट्रियन क्लब लास्कलाई समग्रमा ७–१ ले तथा कोपनहेगनले टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई समग्रमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

पछिल्लो समय उच्च प्रदर्शन गरेको युनाइटेड सोही लयलाई निरन्तरता दिने दाउमा हुनेछ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल, मेसन ग्रीनवुड, मार्कुस रासफोर्ड, पल पोग्बा, नेमान्जा माटिच र ह्यारी मगाएरजस्ता खेलाडीको साथ हुनेछ ।
युनाइटेडले पछिल्लो पाँच खेलमा तीन जित र समान एक बराबरी र हारको नतिजा निकालेको छ । युनाइटेड पछिल्लो खेलमा चेल्सीसँग एफए कपमा चेल्सीसँग ३–१ ले पराजित भएको थियो ।

यता, कोपेनहेगन पनि युनाइटेडलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । जोनस विन्ड टोलीका लागि मुख्य हतियार हुनेछ । जिका, भिक्टर नेल्सन, मोहमेद डारामीले विन्डलाई साथ दिनेछन् । कोपनहेगनले पछि पाँच खेलमा तीन जित र समान एक बराबरी र हारको नतिजा निकालेको छ । त्यसैले यि दुई टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.