default_image

5 years ago

August 10, 2020

रोनाल्डो बने युभेन्टसको सर्वोत्कृष्ट खेलाडी

185 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) घोषित गरेको छ ।

क्लबको समर्थकको मतका आधारमा प्रदान गरिने अवार्डमा रोनाल्डोले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई पछि पारेका हुन् । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए को उपाधि जित्दा रोनाल्डोले टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी थिए । उनले लिग अवधिभर ३१ गोल गर्दै क्लबका लागि विभिन्न कीर्तिमान समेत राखे । उनी क्लबका लागि एकै सिजनमा ३० भन्दा बढी लिग गोल गर्ने पहिलो खेलाडी समेत बनेका थिए ।

अघिल्लो साता युभेन्टसकै फरवार्ड पाउलो डिबाला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका थिए गत सिजन भने युभेन्टसले उपाधि जित्दा रोनाल्डो लिगकै मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए

यस सिजन डिबालाले युभेन्टसका लागि सबै प्रतियोगितामा १७ गोल गरेका । उनले गोलसँगै युभेन्टसको आक्रमणमा सिर्जनात्मक भूमिका निर्वाह गर्दै एक दर्जन बढी असिस्ट पनि दिएका छन् । यता लिग उपाधि जित्ने क्रममा ३१ गोल गरेका रोनाल्डो भने लिगले प्रदान गर्ने विधागततर्फ पनि कुनै उपाधि जित्न सकेनन्

रोनाल्डोलाई गोल्डेन बुट दौडमा पछाडी पारेका लाजियोका फरवार्ड चिरो इम्मोबिलेले उत्कृष्ट फरवार्डको उपाधि जिते उनले लाजियोको आक्रमण सम्हाल्दै ३६ गोल गरेका थिए उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट समेत जिते

लिगको उत्कृष्ट गोलरक्षक युभेन्टसका वोजचिएक सेचेज्नी घोषित भए उत्कृष्ट डिफेन्डरमा इन्टर मिलानका स्टेफान डी भ्रिज चुनिए एटलान्टाका कप्तान पापु गोमेजले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए युभेन्टसबाट लोनमा रहेर पार्माबाट खेलिरहेका मिडफिल्डर डेजान कुलुसेभ्सकीले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.