5 years ago
August 10, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला अनुबन्धन गर्न स्पेनिस च्याम्पियन रियल म्याड्रिडले आफ्ना दुई खेलाडीसहितको प्रस्ताव अगाडि सार्ने तयारी गरेको छ ।

गत समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले डिबालालाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । टोटेनहम र युभेन्टसबीच खेलाडी ट्रान्सफरको लागि रकममा सहमति भएपनि खेलाडीको तस्बिर अधिकारको पक्षमा एजेन्ट र क्लबबीच सहमति नहुँदा ट्रान्सफर रोकिएको थियो । त्यसयता डिबालाले युभेन्टसमा उत्कृष्ट प्रदर्शन गर्दै लिग उपाधि दिलाउने क्रममा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
इटालियन संचारमाध्यम स्पोर्ट्समिडियासेटका अनुसार रियल म्याड्रिडले डिबालाका लागि मिडफिल्डरद्वय टोनी क्रुस र इस्को सहितको प्रस्ताव ल्याउने तयारी गरेको छ । युभेन्टससँग नयाँ सम्झौताका लागि छलफलमा रहेका डिबालाले यसअघि नै क्लब छाड्ने मनासय बनाएका थिए । रोनाल्डोको आगमनपछि प्रशिक्षकको छनोटमा दोस्रो रोजाईमा रहेका उनले अन्यत्र भविष्य खोजेका हुन् ।

रोनाल्डो आएको सिजन पर्याप्त मौका नपाएका डिबालाले यस सिजन भने राम्रो अवसर पाए । युभेन्टसले लिग उपाधि जित्दा कोप्पा इटालियाको फाइनलमा नेपोलीसँग हार बेहोर्नुपर्यो । च्याम्पियन्स लिगमा पनि डिबाला घाइते हुँदा युभेन्टस लियोनसँग अवे गोलको आधारमा राउन्ड अफ १६ बाट नै बाहिरियो । यता रियल पनि लिग उपाधि जित्नका बाबजुद च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सकेन ।
जिदानको रोजाइमा पर्न संघर्षरत इस्को र सम्झौताको अन्त्यतिर रहेको क्रुसलाई रियलले युभेन्टस पठाएर केहि रकम थप्नेछ । मिरालेम प्यानिच बार्सिलोना गएपछि मिडफिल्डमा केहि समस्या हुने देखिएकाले रियल युभेन्टसलाई उपयुक्त खेलाडी दिन चाहन्छ । रियल आक्रमणमा केहि कमजोर रहेकाले डिबालालाई भित्र्याउन चाहन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]