5 years ago
August 10, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणमा क्याटलान क्लब बार्सिलोनाले जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्दैछ । शुक्रबार हुने खेलमा बायर्नबाट ब्राजिलियन मिडफिल्डर कोउटिन्हो आफ्नै क्लब बार्सिलोनाविरुद्ध खेल्नेछन् ।

कोउटिन्हो सिजनको सुरुवातमा बार्सिलोनाबाट लोनमा बायर्न पुगेका थिए । बायर्नले १ सय २० मिलियन युरो खर्चेर उनलाई स्थायी रुपमा अनुबन्धन गर्ने विकल्प प्रयोग नगरेपछि उनी सिजनको अन्त्यपछि बार्सिलोना फर्कनेछन् । बार्सिलोनाले उनलाई सन् २०१८ मा १ सय ६० मिलियन युरो खर्चेर अनुबन्ध गरेको थियो ।
बार्सिलोनामा जम्न नसकेपछि उनलाई बायर्नले लोनमा अनुबन्ध गरेको थियो । बायर्नमा पनि उनको प्रदर्शन सुखद रहन सकेन । चोटका कारण सिजनको अन्त्यतिर मैदानबाहिर रहेका कोउटिन्होले पछिल्लो खेलमा चेल्सीविरुद्ध वैकल्पिक खेलाडीको रुपमा आधा घण्टा खेले । शुक्रबार बार्सिलोनाविरुद्ध पनि उनी खेल्ने सम्भावना रहेको छ ।

बार्सिलोनाले कोउटिन्होलाई लिएर हाल कुनै निर्णय लिएको छैन । उनी सिजनको अन्त्यमा क्याटलान क्लब फर्कने निश्चित छ । इंग्लिस क्लब आर्सनलले उनलाई लोनमा एक सिजन अनुबन्ध गर्न तयारी गरिरहेको बुझिएको छ । तर पेरिस सेन्ट जर्मेनले उनलाई स्थायी अनुबन्धनको विकल्पका रुपमा हेरिरहेको छ ।
सामान्यतया ला लिगामा लोनमा गएका खेलाडीले आफ्नो अभिभावक क्लबविरुद्ध खेल्न पाउँदैनन् । तर यूईएफएले भने त्यस्तो प्रावधान मान्दैन । त्यसैले पनि बार्सिलोनाविरुद्ध खेलमा बायर्नको जर्सीमा उत्रदै कोउटिन्होले आफ्नै क्लबलाई समस्या दिन सक्छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]