default_image

5 years ago

August 11, 2020

ब्रुनोको गोलमा म्यानचेस्टर सेमिफाइनलमा

184 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनलाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

कोल्न जर्मनीमा सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । बल पोजेसनमा पकड बनाएर कोपनहेगनलाई दबाबमा राखेपनि युनाइटेडले गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । कोपनहेगनका गोलरक्षक कार्ल जोहन जोन्ससनले युनाइटेडका हरेक प्रहारलाई विफल पारेका थिए ।

अतिरिक्त समयको ९५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डर इन्ड्रिएस विजेल्यान्डले फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएको थियो । जसमा ब्रुनो चुकेनन् ।

खेलको १०औं मिनेटमा मार्सियलको पासमा मार्कस रासफोर्डको प्रहार कोपनहेगनका गोलरक्षकले बचाए । १२औं मिनेटमा कोपनहेगनले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । डारामीको सिक्स यार्ड बक्स भित्रको प्रहारलाई युनाइटेडका गोलरक्षक सर्जियो रोमेरोले मुस्किलले बचाए ।२१औं मिनेटमा कप्तान ह्यारी मगाएर हुँदै मार्सियलको पासमा ब्रुनो फर्नान्डेजको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिंदा युनाइटेड अग्रता लिनबाट चुक्यो ।

२८औं मिनेटमा ब्रुनोको फ्रिकिक सदुपयोग हुन सकेन । ३७औं मिनेटमा पेप बिइलको पासमा मोहमेद डारामीको क्लोज रेन्जबाट गरेको प्रहारलाई युनाइटेडका इरिक बेइलीले ब्लक गरिदिए । पहिलो हाफको इन्ज्युरी समयमा मासन ग्रीनवुडले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिए ।  ५७औं मिनेटमा रासफोर्डले अर्काे गोल गरेपनि उनी पनि अफसाइड ठहरिए ।

६१औं मिनेटमा रासफोर्डको प्रहारलाई कोपनहेगनका गोलरक्षक कार्ल जोहान जोन्ससनल बचाएपछि युनाइटेड पुनः चुकचुकायो । लगत्तै फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरियो । ६५औं मिनेटमा आरोन वान बिशाकाको प्रयासलाई ब्रायन ओभिएडोले ब्लक गरिदिए । ६८औं मिनेटमा फर्नान्डेजको प्रहारमा गोलरक्षक कार्ल जोहान नै बाधक बने । ८४औं मिनेटमा मार्सियलको प्रहारलाई जोहानले उत्कृष्ट बचाउ गर्दै सम्भावित गोल टारे ।

युनाइटेडको हरेक आक्रमणलाई विफल पारेको कोपनहेगनका गोलरक्षक कार्ल जोहानले ९५औं मिनेटमा पेनाल्टीलाई बचाउन सकेनन् । ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दे युनाइटेडलाई १–० को अग्रता दिलाए । ९९औं मिनेटमा मार्सियल हुदै पोग्वाको ब्याकहिल पासमा जुआन माटाको प्रहारलाई गोलरक्षक जोहानले बचाए ।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर जोहानले पोग्वाको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै कोपनहेगनको सम्भावना जीवितै राखे । लगत्तै माटाको प्रहार पोस्टमा लागेर बाहिरिदा युनाइटेड अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।

कोपनहेगनका गोलरक्षक कार्ल जोहान जोन्ससनले युनाइटेडको १३ प्रयासलाई विफल पारेपनि हार टार्न सकेनन् । अब युनाइटेडले सेमिफाइनलमा वल्भ्स र सेभिल्लाबीचको विजेतासँग खेल्ने छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.