default_image

5 years ago

August 11, 2020

रियल म्याड्रिडले ओडेगार्ड फिर्ता बोलाउने

181 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले लोनमा रियल सोसीडाड पठाएका नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्डलाई अर्को सिजन सान्टियागो बर्नाबाउमै खेल्नेगरि फिर्ता बोलाउने भएको छ ।

गत सिजन दुई वर्षको लागि लोन सम्झौतामा सोसीडाड पुगेका ओडेगार्डले ला रियल टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए उनकै उच्च प्रदर्शनमा सोसीडाड कोपा डेल रेको फाइनलसम्म पुगेको छ कोरोना भाइरस संक्रमणका कारण सोसीडाड र एथ्लेटिक बिल्बाओबीच हुनुपर्ने फाइनल खेल आयोजना हुन सकेको छैन अब सिजनको अन्त्यसँगै रियल म्याड्रिडले ओडेगार्डलाई फिर्ता बोलाउने भएपछि उनी फाइनल खेल्ने वा नखेल्ने भन्ने टुंगो लागेको छैन

रियलका प्रशिक्षक जिनेदिन जिदानले ओडेगार्डलाई आफ्नो टोलीमा समेट्ने सम्भावना प्रबल छ यसअघि रियलको सिनियर टोलीमा खेल्नुअघि उनलाई ला लिगाको अनुभव बटुल्न लोनमा पठाइएको थियो । त्यसअघि डच लिगमा पनि ओडेगार्डले प्रभावशाली प्रदर्शन गरेका थिए । ओडेगार्डको आगमन हुने पक्का भएसँगै पछिल्लो समय इस्को र टोनी क्रुस युभेन्टस जाने चर्चाले पनि थप बल पाएको छ ।

इटालियन संचारमाध्यम स्पोर्ट्समिडियासेटका अनुसार रियल म्याड्रिडले युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाका लागि मिडफिल्डरद्वय टोनी क्रुस र इस्को सहितको प्रस्ताव ल्याउने तयारी गरेको छ । युभेन्टससँग नयाँ सम्झौताका लागि छलफलमा रहेका डिबालाले यसअघि नै क्लब छाड्ने मनासय बनाएका थिए । रोनाल्डोको आगमनपछि प्रशिक्षकको छनोटमा दोस्रो रोजाईमा रहेका उनले अन्यत्र भविष्य खोजेका हुन् ।

जिदानको रोजाइमा पर्न संघर्षरत इस्को र सम्झौताको अन्त्यतिर रहेको क्रुसलाई रियलले युभेन्टस पठाएर केहि रकम थप्नेछ । मिरालेम प्यानिच बार्सिलोना गएपछि मिडफिल्डमा केहि समस्या हुने देखिएकाले रियल युभेन्टसलाई उपयुक्त खेलाडी दिन चाहन्छ । रियल भने आक्रमणमा केहि कमजोर रहेकाले डिबालालाई भित्र्याउन चाहन्छ । ओडेगार्डको आगमनले मिडफिल्डमा पनि दिर्घकालिन रुपमा समस्या समाधान हुने देखिन्छ ।

यो पनि पढ्नुहोस : डिबालाको लागि रियलले क्रुस र इस्को प्रस्ताव गर्ने

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.