default_image

5 years ago

August 14, 2020

बायर्न विरुद्ध बार्सिलोना : नजर उत्कृष्ट फरवार्डमा

189 views

0 Bookmark

एजेन्सी – बार्सिलोना र बायर्न म्युनिखबीच आज राती हुने च्याम्पियन्स लिग क्वार्टरफाइनल खेल सम्भवत यो सिजनको सबैभन्दा रोमाञ्चक खेल हुन सक्छ ।

युरोपका यी दुई टोलीबीचको परम्परागत प्रतिस्पर्धा हुँदा विश्वका फुटबल समर्थक रोमाञ्चक हुनेछन् । यद्दपी क्याटलान टोली भने पछिल्लो समय स्वभाविक लयमा छैन । यी दुई मध्ये अब एउटा टोलीमा मात्र यसपटकको च्याम्पियन्स लिग उपाधिका लागि बाँकी रहनेछ । जुन टोलीले जित्ने छ पाँचौ पटक च्याम्पियन्स लिग उचाल्ने दौडमा कायम रहनेछ ।

दुवै टोलीमा थुप्रै स्टार छन् । तर , त्यसमा पनि दुवै टोलीसँग एक एक महत्त्वपूर्ण पूर्ण खेलाडी छन् । ती हुन् बार्सिलोनाका लियोनल मेस्सी र बायर्नका रोर्बेट लेवान्डोस्की । एक पटक फेरि यी खेलाडीको उत्कृष्टता आजको खेल्नमा देख्न पाइनेछ ।

मेस्सीले सन् २००४ बाट बार्सिलोनाको आक्रमण मोर्चा सम्हाल्दै आएका छन् । जसमा उनी ७ पटक ला लिगाको उच्च गोलकर्ता रहेका छन् भने ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् । बालोन डी’ओर पनि उनले ६ पटक नै जितिसकेका छन् ।

लेवान्डोस्कीको युरोपमा त्यहि स्तरको प्रभाव त छैन, जति मेस्सीको छ । तर, घरेलु फुटबलमा भने उनले राज गर्दै आएका छन् । पछिल्लो एक दशकमा पाँच पटक उनी जर्मनीको उच्च गोलकर्ता रहेका छन् । २०१४ मा बायर्नमा आबद्ध भएयता उनी उच्च प्रदर्शन गर्दै आएका छन् ।

मेस्सी अघिल्ला सिजनहरुमा जस्तो उच्च फर्ममा देखिदैनन् । तर पनि उनले २० गोल गर्नुका साथै २० भन्दा बढी एसिस्ट गरेका थिए । जुन सुकै प्रतियोगितामा पनि बार्सिलोनाका लागि मेस्सी केन्द्रमा रहँदै आएका छन् । च्याम्पियन्स लिगमा पनि उनको जादु चल्दै आएको छ । नेपोलीविरुद्धको २० मिनेटको उनकै प्रदर्शनका कारण इटालियन टोलीविरुद्ध बार्सिलोना सफल भएको थियो ।

यो सिजन यी दुई स्टारबीच को उत्कृष्ट भन्ने प्रतिस्पर्धा हुने सम्भावना थियो । तर, यो बर्षको बालोन डी ओर भने रद्द भइसकेको छ । अब सबैका लागि आजको खेलको भने प्रतिक्षा रहनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.