default_image

5 years ago

August 15, 2020

‘ब्राजिलभन्दा बार्सिलोनामाथिको जित उत्कृष्ट’ – मुलर

251 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले ६ वर्षअघि ब्राजिलमाथि निकालेको जितभन्दा गएराति बार्सिलोनामाथिको जित उत्कृष्ट रहेको बताएका छन् ।

शुक्रबार राति बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनामाथि ८–२ को सानदार जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो । जसमा मुलरले दुई गोल गरेका थिए । २०१४ को ब्राजिल विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीलाई ७–१ को लज्जास्पद हार चखाएको थियो । उक्त खेलमा मुलरले एक गोल गरेका थिए ।

बार्सिलोनाविरुद्धको खेलमा म्यान अफ दि म्याच जितेका मुलरले खेलपछि ब्राजिलसँगको खेलभन्दा यो खेलमा पाएको जित विशेष रहेको बताएका हुन् । ‘२०१४ मा ब्राजिलविरुद्धको खेलमा जस्तो नियन्त्रण कहिल्यै थिएन । यस्तो कहिलेकाँही हुन्छ । तर, यसको कुरा नगरौ । आजको कुरा गरौं । यो एक विशेष रात थियो । नतिजा र हामीले खेल्ने तरिका विशेष थियो,’ ३० वर्षे मुलरले भने ।

‘सबभन्दा राम्रो कुरा के भने सब्सिच्युटबाट आएका खेलाडीले पनि उही स्तरमा खेल्दै सबैको मन जिते । महत्वपुर्ण कुरा भनेको मैदानमा हामी के गर्न चहान्छौं । त्यो पुर्ण भयो,’ उनले थपे ।

यस्तै मुलरले बार्सिलोनाविरुद्ध फराकिलो जित पाएपनि अर्काे खेल शून्यबाटै सुरु हुने बताएका छन् । ‘यो जित उत्कृष्ट छ । तपाईले यो कस्तो महसुस हुन्छ कल्पना गर्न सक्नुहुन्छ । यो खेल हाम्रो लागि विशेष बन्यो । तर, हामी यो खेलबाट रिकभर हुनुपर्दछ,’ मुलरले भने, ‘यो ठुलो कथन हो । तर, अर्काे खेल शून्यबाटै शुरु हुन्छ । यो फराकिलो जितले केही फरक पार्देन । मलाई थाहा छ । अन्य टोलीले पनि हाम्रा खेल हेरेका छन् । फाइनल पुग्न हामीलाई अर्काे खेल जित्नुपर्नेछ ।’

मुलरसँगै बार्सिलोनाबाटै अघिल्लो सिजन लोनमा बायर्न पुगेको ब्राजिली फिलिपे कौटिन्होले दुई गोल गरेका थिए । यस्तै इभान पेरिसिच, सर्ज जिनाब्री, जोसुवा किम्मिच र रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमा फराकिलो पराजय भोग्नुपरेको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमा पहिलोपटक पहिलो हाफमै ४ गोल खाएको थियो । दोस्रो हाफमा पनि उति नै गोल खाएको थियो ।

यो पनि पढ्नुहोस :

पीडादायी इतिहासले पिरोलिएको बार्सिलोना

बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल!

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.