9 years ago
August 26, 2016
एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ ।

थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे । विमानस्थलमा अवतरण गरेको थ्रिस्टारको टोलीलाई क्लबका प्रशंसकहरुले स्वागत गरेका थिए । ज्यापु समाज ललितपुरले टोलीको स्वागतमा सांस्कृतिक बाजा सहित स्वागत समेत गरेको थियो ।
मंगोलियाको उलानबटारमा सम्पन्न एएफसी कप फुटबलको प्लेअप छनौट प्रतियोगिता खेलेर थ्रिस्टार १० दिनको बसाई पछि स्वदेश फर्किएको हो । टोली सुरुमा मंगोलियाको उलानबटारबाट बिहीबार मध्यराती दक्षिण कोरियाको सियोल हुदै काठमाण्डौा आइपुगेको हो । सियोलमा थ्रिस्टारको टोली ९ घण्टा ट्रान्जीटमा परेको थियो ।
३२ साउनमा काठमाडौंबाट उलानबटारमा गएको टोलीले एएफसी कप प्लेअफ छनौटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबलाई २–० ले तथा कम्बोडियाको नागाबल्र्डसाग १–१ गोलको बराबरी खेलेको थियो । ४ अंक सहित समुह बि मा शिर्ष स्थानमा रहदै टोली अर्को चरणमा पुगेको छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]