5 years ago
August 18, 2020
एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनका युवा फरवार्ड काई हाभर्टजले क्लब छाड्न चाहेको बताएका छन् । पछिल्लो इंग्लिस क्लब चेल्सीसँग जोडिएका हाभर्टजले क्लब छाड्न सम्भावना बढेको छ ।

क्लबका प्रमुख कार्यकारी (सिइओ) फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गरेपनि उनी चेल्सी जाने निश्चित नभएको बताएका छन् । चेल्सीले हाभर्टजलाई ७० मिलियन पाउण्ड प्रस्ताव गरेपनि २१ वर्षे फरवार्डलाई लिभरकुसनले ९० मिलियन पाउण्ड अपेक्षा गरेको छ ।
बायर लिभरकुसन अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुन सकेन । बायर पाँचौ स्थानमा रहदै बुन्डेसलिगाको अन्त्य गरेको थियो । लिभरकुसन एक साताअघि इटालियन क्लब इन्टर मिलानसँग पराजित हुदै युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
चेल्सीले नयाँ सिजनका लागि टिमो वेर्नर र हाकिम जियाचलाई अनुबन्धन गरिसकेको छ । पेड्रो र विलियनले क्लब छाडिसकेका छन् । हाभर्टजले हालसम्म लिभरकुसनका लागि लिगमा ३६ गोल गरेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]