default_image

5 years ago

August 16, 2020

‘फार्मर्स लिग’ भन्दै होच्याउनेलाई एमबाप्पेको जवाफ

164 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिगलाई ‘फार्मर्स लिग’ भन्दै आलोचना गर्नेहरुलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेले घुमाउरो पाराले टिप्पणी सहि नभएको संकेत गरेका छन् ।

म्यानचेस्टर सिटीलाई हराउँदै शुक्रबार फ्रान्सेली टोली लियोन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि उनले फ्रान्सको फुटबल कमजोर नरहेको संकेत गरेका हुन् । सिटीसँगको खेलमा लियोन अन्डर डग टोली थियो । तर, शुक्रबार लियोनले इंग्लिस टोलीमाथि ३-१ को जित निकाल्यो ।

यस नतिजासँगै अब सेमिफाइनलमा ५० प्रतिशत टोली फ्रान्सका छन् । एटलान्टालाई हराउँदै पिएसजी यो सिजनको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको थियो । सेमिफाइनलमा पुग्ने बाँकी दुई टोली भने जर्मन टोली हुन्  । बायर्न म्युनिखले बार्सिलोना तथा आरबी लाइप्जिगले एटलेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

२१ वर्षे एमबाप्पेलाई कहि न कहि फ्रान्सेली फुटबललाई युरोपियन फुटबलमा कमजोर मानेको चित्त नबुझेको अनुमान गर्न सकिन्छ । सामान्यतया घरेलु लिगमा एकै टोलीले वर्चस्व जमाएका कारण फ्रान्स र जर्मनीको लिगलाई ‘फार्मर्स लिग’ भनेर होच्याउने गरिन्छ । युरोपका पाँच शीर्ष लिगमध्य फ्रान्सेली लिग सबैभन्दा कमजोर रहेकाले पनि यो शब्दावली प्रयोग हुन्छ, जुन फ्रान्सेली खेलाडीलाई पाच्य भएन ।

फार्मर्स लिगको मतलब ती लिगमा रहेका खेलाडी पूर्णत खेलाडी नभएर अन्य पेशामा सक्रिय छन् भन्ने हो । खेलाडी राम्रो स्तरको नभएका कारण ठूला टोलीले मात्र लिगमा वर्चस्व जमाउँदै आएको इंगित आलोचकले गर्ने गरेका छन् । विगतमा फ्रान्सेली लिगका क्लबहरुले अन्य टोलीसँग फराकिलो अन्तरले हार्ने कारण पनि यो शब्दावली फ्रान्सेली लिगका टोलीलाई होच्याउन प्रयोग हुन्थ्यो ।

तर शनिबार लियोनले सिटीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएलगत्तै एमबाप्पेले ती आलोचकलाई घुमाउरो पारामा ट्विट गरेका छन् । उनले फार्मर्स लिग लेख्दै त्यसमा जोकरको इमोजी राखेका छन् । सँगै उनले तीन पटक तालीको इमोजी राख्दै लियोनको ह्यान्डल ट्याग गर्दै प्रशंसा समेत गरेका छन् ।

त्यसो त एमबाप्पेको यो भनाइ यसपटक अर्को संयोगले गर्दा पनि थप बलियो बन्न पुगेको छ । युरोपियन फुटबलको पावरहाउस मानिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ । यहाँसम्म की फार्मर्स लिग भनेर आलोचना गरिएको फ्रान्सेली लिगकै दुई टोली फाइनल पुग्ने सम्भावना छ ।

सेमिफाइनलमा लाइप्जिग र पीएसजी तथा लियोन र बायर्न म्युनिख भिड्ने भएकाले यसपटक फाइनलमा एकै राष्ट्रका दुई टोली खेल्न सक्छन् । त्यस्तै सेमिफाइनलमा पुगेका टिममध्ये बायर्न म्युनिखबाहेक अन्य तीन टिमले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन् । बायर्नले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेको छ । बायर्नले पछिल्लोपटक २०१३ मा उपाधि जितेको थियो ।

सन् १९९०–९१ सिजनमा सर्वियन क्लब रेड स्टार बेलग्रेड, जर्मन क्लब बायर्न म्युनिख, फ्रान्सेली क्लब मार्से र रसियन क्लब स्पार्टक मस्कोले अन्तिम चारमा स्थान बनाएको थिए । त्यसबेला रेडस्टार बेलग्रेडले मार्सेलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

एमबाप्पले र उनको टोली अब पहिलो पटक टोलीलाई फाइनल पुग्ने तयारीमा रहेका छन् । पिएसजीले सेमिफाइनलमा उनीबाट उच्च प्रदर्शनको आशा राखेको छ । चोटमुक्त भएर भर्खरै फर्केका एमबाप्पेले एट्लान्टासँगको खेलमा बेन्चबाट सुरुवात गरेका थिए । १–० ले पछि परेको खेल उल्टाउँदै पिएसजीले २–१ को जित निकालेको थियो ।

एटलान्टाविरुद्ध एमबाप्पेको आगमनपछि नै खेल बदलिएको थियो । नेयमारको उच्च प्रदर्शनमा पीएसजीले खेलको सुरुवातदेखि नै आक्रमण बुनेपनि एमबाप्पे आएपछि भने गोल निस्केको थियो । त्यसो त अर्का फरवार्ड चुपो मोटिङले टोलीको लागि निर्णायक गोल गरे तर एमबाप्पेको आगमनले पीएसजीको आक्रमणले लय समातेको थियो ।

कोरोना भाइरको कारण युरोपका अन्य लिग स्थगित भएर पुनः सुरु हुँदा फ्रेन्च लिग भने रद्द भएको थियो । रद्द भएपछि १२ अंकको अग्रता लिएको शीर्ष टोली पिएसजीलाई लिग विजेता घोषित गरिएको थियो । लियोनले भने सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । लियोनले अब अर्को सिजन च्याम्पियन्स लिग खेल्न यस पटक उपाधि जित्नुको विकल्प छैन ।

लिग स्थगित हुँदा पिएसजीको भन्दा लियोनको २८ अंक कम थियो । च्याम्पियन्स लिग सेमिफाइनलमा अब लियोनले बायर्न म्युनिख तथा पिएसजीले जर्मन टोली आरबी लाइप्जिगको सामना गर्नेछ ।

खाली पोस्टमा गोल गर्न नसक्दा.. : लियोनविरुद्ध सिटीको हारबारे लेखिएको यो कथा पनि पढ्नुहोस

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.