default_image

5 years ago

August 16, 2020

डर्टमुन्ड ११-२ ले विजयी

176 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको शीर्ष डिभिजन क्लब अष्ट्रिया विएनमाथि ११-२ को सानदार जित दर्ता गरेको छ ।

अष्ट्रियाको तिसी स्त्राहोभमा भएको खेलमा डर्टमुन्डले पहिलो हाफमा ४-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा ७ गोल थप्दै १ गोल खाएपछि जर्मन टोलीले फराकिको जित हासिल गरेको हो । डर्टमुन्डले अघिल्लो मैत्रीपूर्ण खेलमाझैं यस खेलमा पनि दोस्रो हाफमा सबै ११ खेलाडी परिवर्तन गरेको थियो । पहिलो खेलमा डर्टमुन्ड ६-० ले विजयी रहेको थियो ।

आइतबारको खेलमा डर्टमुन्डका लागि १० फरक खेलाडीले गोल गरेका थिए । पहिलो गोल अमेरिकी मिडफिल्डर जिओभानि रेइनाले नवौं मिनेटमा गरेका थिए । रेइनाले नै २३ औं मिनेटमा डर्टमुन्डको अग्रता दोब्बर पारे ।

३३ औ मिनेटमा क्रिस्टोफ मोन्सेनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर राफाएल गुरेरो र इम्यानुएल फेराइले अन्तिम पाँच मिनेटको अन्तरमा गोल गर्दै ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा अष्ट्रियाले पनि डिफेन्डर मिकेल मादीबाहेक सबै खेलाडी परिवर्तन गर्यो । तर दोस्रो टोलीले डर्टमुन्डको आक्रमणलाई रोक्न सकेन । इंग्लिस विंगर जेडन सान्चोले ५२ औं मिनेटमा गोल गर्दै खेललाई ५-१ को स्थितिमा ल्याए । एलेक्जेन्डर जुकिचले लगत्तै अर्को मिनेटमा गोल फर्काउँदै आशा कायम राखे ।

मिडफिल्डर एमरे च्यानले ६५ औं मिनेटमा गोल गर्दै टोलीलाई पुन: ४ गोलले अगाडी राखे । त्यसपछि मारिअस वल्फले ७३ औं मिनेट, थोर्गन हाजार्डले ७६ औं मिनेट र जुड बेलिन्घमले ७८ औं मिनेटमा गोल गरे । टायलान डुमान र निको सुल्जले अन्तिम १० मिनेटमा दुई गोल थपेपछि डर्टमुन्डले ११-२ को फराकिलो जित पक्का गर्यो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.