default_image

5 years ago

August 18, 2020

अन्तत: सेटिन बार्सिलोनाबाट बर्खास्त

139 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई अन्तत: बर्खास्त गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारि गर्दै क्लबले सेटिन पदमुक्त भएको जानकारी दिएको हो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो । झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि सेटिनको भविष्य खतरामा देखिएको थियो ।

हार बेहोरेको दोस्रो दिन नै निर्देशक एरिक आबिडालसहित बसेको बैठकमा सेटिन पदबाट बर्खास्त भएका थिए । क्लबले केहि दिनमा नै नयाँ प्रशिक्षकको घोषणा गर्ने जनाएको छ । प्रशिक्षकका रुपमा पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

यसै जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि सेटिनले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । तर लिगको अग्रतामा लामो समय रहेपनि अन्तिममा उपाधि रियल म्याड्रिडलाई सुम्पनु पर्दा सेटिन दबाबमा रहेका थिए । च्याम्पियन्स लिगमा लज्जास्पद हार बेहोरेसँगै सेटिनको पद गुम्ने सम्भावना देखिएको थियो ।

बर्खास्तसँगै सेटिन बार्सिलोनामा १३ वर्षपछि उपाधिविहिन रहँदै बर्खास्तमा पर्ने पहिलो प्रशिक्षक बने । बार्सिलोनाले अब सिनियर टोलीमा आमुल परिवर्तन गर्ने समेत जनाएको छ ।

यो पनि पढ्नुहोस : बार्सिलोनाले मेस्सीसहित ५ खेलाडी विक्री नगर्ने

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.