default_image

5 years ago

August 18, 2020

पीएसजी विरुद्ध लाइप्जिग : प्रशिक्षक गुरु-चेलाको भिडन्त

149 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लाइप्जिग उत्रने तयारी गर्दा दुई टोलीका प्रशिक्षकबीच पुरानो सम्बन्धको चर्चा चलेको छ ।

लिस्बनमा हुने अन्तिम चारको पहिलो खेलमा दुवै टोलीका प्रशिक्षक जर्मन नागरिक हुनेछन् । अझ दुवै टोलीका प्रशिक्षक कुनै समय एकै क्लबमा काम गर्थे । पीएसजीका थोमस टुचेल र लाइप्जिगका जुलियन नागेल्सम्यानबीच विश्व फुटबलमा बिरलै भेटिने सम्बन्ध छ । दुवै जनाले आफ्नो खेलाडी जीवनमा जर्मन क्लब अग्सबर्गमा सेन्टर डिफेन्डरका रुपमा खेले । तर प्रशिक्षकका रुपमा हासिल गरेको सफलताले खेलाडी जीवन छायाँमा पारिदियो ।

टुचेलले सन् १९९८ मा खेल जीवनबाट सन्न्यास लिए । ९ वर्षपछि टुचेल अग्सबर्गमै प्रशिक्षकका रुपमा आए । उनी अग्सबर्गको रिजर्भ टोलीमा रहँदा १९ वर्षीय नागेल्सम्यान खेल्दै थिए । तर पहिलो सिजन नै घुँडाको चोटका कारण उनले व्यावसायिक करिअर अगाडि बढाउन नसकिने बुझे । चोटका बाबजुद क्लबसँग सम्झौता रहेका कारण टुचेलले नाग्ल्सम्यानलाई अर्को जिम्मेवारी सुम्पिए ।

‘म टुचेलका लागि विपक्षी टोलीको खेल विश्लेषण गर्न थालें,’ हाल ३३ वर्ष पुगेका नाग्ल्सम्यानले भने, ‘पक्कैपनि म उनले मलाई दिएको अवसरप्रति कृतज्ञ छु । अझ भन्नुपर्दा उनले नै मलाई प्रशिक्षक बन्ने सपना देखाएका थिए । मैले उनैबाट प्रशिक्षक बन्न सिकें ।’

त्यसबेला सुरु भएको यात्रा अहिले आइपुग्दा निकै अगाडि बढिसकेको छ । टुचेलले झन्डै २ दशक मिहिनेतपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका छन् । यता नागल्सम्यान भने १२ वर्ष प्रशिक्षकका रुपमा काम गरेपछि यो उपलब्धि हासिल गर्न सफल रहे । उनको उमेर जम्मा ३३ वर्ष पुगेको छ । नागल्सम्यान २८ वर्षको उमेरमा नै बुन्डेसलिगा टोली सम्हाल्दै लिग इतिहासकै कान्छा प्रशिक्षक हुन् ।

नागल्सम्यानले आफ्नो छोटो करिअरमा उपाधि नै जित्न सकेका त छैन । तर पहिलो उपाधिबाट उनी मात्र २ खेल टाढा रहेका छन् । नागल्सम्यानले ५ वर्षअघि रेलिगेसनको दाबेदारको रुपमा हेरिएको होफेनहाइमको टोलीको जिम्मेवारी लिएर १८ महिनाको अन्तरमा नै च्याम्पियन्स लिग खेल्न लाएका बनाएका थिए । उनले त्यसबेला जर्मनीको उत्कृष्ट प्रशिक्षकको उपाधि पनि जिते ।

टुचेललाई नागल्सम्यानले जति कमैले बुझेका छन् । अझ नागल्सम्यानले त्यसमा थप आफ्नो कुरा पनि राखेका छन् । आफ्नै शैलीमा आफ्नो गुरुको सिकाइलाई अनुसरण गर्दै नागल्सम्यानले लाइप्जिगलाई फाइनल पुर्याउने सपना देखेका छन् ।

खेलबारे पूर्ण जानकारी : पीएसजी र लाइप्जिगको पहिलोपटक फाइनल पुग्ने लक्ष्य

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.