5 years ago
August 19, 2020
एजेन्सी – कतारको सार्वभौम सम्पत्ति कोषको सहायक कम्पनी कतार स्पोर्ट्स इन्भेस्टमेन्ट्स (क्युएसआइ) ले सन् २०११ नोभेम्बरमा ५० मिलियन युरो खर्चेर पेरिस सेन्ट जर्मेन खरिद गरेको थियो ।

कतारको लक्ष्य प्रष्ट थियो, पीएसजीलाई युरोपको शीर्ष क्लब बनाउने र फ्रान्सेली फुटबलमा आधिपत्य जमाउने । क्लब खरिद गरेको एक दशक पूरा हुन लाग्दा पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार सेमिफाइनलमा आरबी लाइप्जिगलाई ३-० ले पराजित गर्दै पीएसजी इतिहास रच्न सफल भयो ।
नासेर अल खलिफी आफ्नो जमानाका व्यावसायिक टेनिस खेलाडी थिए । उनले क्युएसआइको यस प्रोजेक्टमा सुरुवात दिनदेखि काम गरेका छन् । अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहेर उनले क्लबलाई नजिकबाट हेरेका छन् । उनी पीएसजीसँगै क्युएसआइ, कतार टेनिस महासंघ र बिइन स्पोर्ट्समा नेतृत्वदायी भूमिकामा छन् ।
पीएसजीले सन् २०११ देखि ४३ खेलाडी अनुबन्ध गर्ने क्रममा १.२६८ बिलियन युरो खर्च गरेको छ । नेपाली मुद्रामा यो रकम १ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । पीएसजीले क्लबलाई परिवर्तन गर्ने क्रममा सुरुवातमा ब्राजिलियन डिफेन्डर थियागो सिल्भा र अर्जेन्टिनी मिडफिल्डर जाभिएर पास्तोरेलाई प्रति खेलाडी ४२ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

त्यसपछि ज्लाटन इब्राहिमोभिच (२१ मिलियन), एडिन्सन काभानी (६४.५ मिलियन), एन्जल डी मारिया (६३ मिलियन) र डेविड ल्लुइज (४९.५ मिलियन) मा पीएसजी आए । यी सब खेलाडीले पीएसजीलाई घरेलु लिग तथा कपमा एकक्षत्र राज गर्न मदत पुर्याए । तर च्याम्पियन्स लिगमा भने क्लबले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।
२०१७ को समर ट्रान्सफर विन्डोमा पीएसजीले विश्व कीर्तिमानी रकम तिर्दै नेयमारलाई अनुबन्ध गर्यो । बार्सिलोनालाई २ सय २२ मिलियन युरो तिर्दै विश्व फुटबलकै महँगा खेलाडीका रुपमा नेयमार पीएसजी आइपुगे । त्यहि सिजन एमबाप्पे पनि मोनाकोबाट लोनमा पीएसजी आए । पीएसजीले अर्को सिजन १ सय ४५ मिलियन युरो तिर्ने सर्तमा उनलाई लोनमा ल्याएको थियो ।

पीएसजीले हालसम्म फरवार्ड अनुबन्धमा मात्र ६ सय ८५ युरो खर्च गरिसकेको छ । मिडफिल्डमा ३ सय ६ मिलियन युरो खर्च गरेको फ्रान्सेली क्लबले डिफेन्डरमा २ सय ४७ मिलियन युरो तिरेको छ । गोलरक्षकमा भने हालसम्म २८ मिलियन युरो मात्र खर्च भएको छ ।
पीएसजीले सबैभन्दा बढी रकम स्पेनबाट खेलाडी भित्र्याउन खर्च गरेको छ । स्पेनी टोलीलाई पीएसजीले ३ सय ३३ मिलियन तिरेको छ । इटालियन लिगका क्लबहरुले पीएसजीबाट ३ सय २३ मिलियन आर्जन गरेका छन् । फ्रान्सेली क्लबलाई नै पीएसजीले २ सय १४ मिलियन तिरेको छ ।
यो पनि : पीएसजीद्वारा रियलको कीर्तिमान बराबरी
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]